वीरगंज २३ वैशाख ।
चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार इन्धन आयात बर्षेनी बढदै गएको छ । निगमको तथ्यांकअनुसार वीरगंज लगायतका नाका हुदै चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७ अर्ब २३ करोड रुपैयाँको इन्धन आयात भएको तथ्यांकमा उल्लेख छ । यो गत आर्थिक वर्षको भन्दा करिब १० अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा कुल एक खर्ब आठ अर्ब रुपैयाँको इन्धन आयत भएको थियो । गत आर्थिक वर्षमा कुल २२ लाख २९ हजार ७४० किलो लिटर इन्धन आयत भएको थियो भने आव २०७०÷ ७१ मा एक अर्ब ६४ करोड रुपैयाँको १४ लाख ४० हजार ९३५ रुपैयाँको इन्धन आयत भएको थियो । नेपालको तुलनामा भारतमा इन्धनको मुल्य मह्रगो हुदा नेपाल बाट भारत तर्फ हुने तस्करीका कारण तेलको माग बढेको हुन सक्ने जनाइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times