बीरगंज २५ बैशाख
एल.एस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि. बीरगंजद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकीमा रहेको अस्पताल परिषद भित्र भएको रक्तदान कार्यक्रममा आमा छोरी सहित ४० जनाले रक्तदान गरेका थिए।
वडा नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ताले रक्दान गरि शुरु गरेको कार्यक्रममा सुरेश साह कानु, प्रभु सर्राफ, रामलखन मण्डल, विशेषवर पटेल, रामआधार सोनार, अशोक पटेल, अभिषेक गुप्ता, डा. रामएकबाल राय, हरेन्द्र पटेल, राजु कुर्मी, रामप्रकाश साह, राजकिशोर दास, धुरन पटेल, अरमान हवारी, विक्रम राउत कुर्मी, सद्दाम हुसैन, महेश चौरसीया, अनिल कुर्मी, सुनिल कुर्मी, सुनिल महतो, राजेश पटेल, गुलाम हवारी, सुनिल साह, मुश्कान रौनियार, बसन्त सोनार, सन्जय पटेल, विजय कुर्मी, संतोष पटेल, निभा पटेल, सिद्दिकी हैदर अली, इन्दु देवी, अरुण पटेल, मुकेश गुप्ता, रमेश कुर्मी, धीरज अधिकारी, सुरज मल्लिक, विष्णु पटेल, अफरोज आलम लगायतकाले रक्तदान गरेका थिए ।
एल.एस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक रामप्रवेश प्रसादको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा अस्पतालका संचालक एवं वरिष्ठ टाउको तथा नशा रोग विशेषज्ञ डा. श्यामबाबु प्रसादको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँगे्रस पर्साका सचिव श्याम पटेल, हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य द्धय विजय गुप्ता, लालबाबु कुर्मी, शिक्षापे्रमी विनोद प्रसाद, युवा नेता ओमप्रकाश सर्राफ, समाजिक अभियन्ता प्रकाश थारु, रक्त संचार केन्द्र बीरगंजका प्रमुख प्रवीण मानन्धर लगायतकाले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय