रौतहट २५ बैशाख ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष विगु व्यास र कार्यपालिका सदस्य ग्रिशनन्दन सिंह लगायतकाले मनोमानी ढंगले कामकाज गर्न खोजे पछि सो नगरपालिकाका मेयर सन्तोष मेहता कडा रुपमा प्रस्तुत भएका छन् । वडा स्तरमा जारी विकास निर्माणको कामहरुमा प्रक्रिया भन्दा बाहिर गएर वडा नम्बर १ का वडा अध्यक्ष विगु व्यासले जथाभावी ढंग संचालन गर्न थाले पछि नगरप्रमुख मेहता आक्रोसित बनेका छन् । २० वर्षपछि स्थानिय तहको निर्वाचन भएपछि निर्वाचित जनप्रतिनिधिहरु संग जनताले ठुलो अपेक्षा राखेको भन्दै प्रमुख मेहताले जनताको काममा कुनै किसिमको लापरवाहि सहन नसकिने बताएका छन् ।
गुणस्तरहिन निर्माण विरुद्ध कडा रुपमा प्रस्तुत भएका मेहताका कारण वडा अध्यक्ष व्यास लगायतकाको दाउ नचले पश्चात उनिहरु विभिन्न बहानामा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष मेयर मेहता विरुद्ध ज्ञापन पत्र बुझाएका छन् । यस सम्बन्धमा विस्तृत बुभmदै जाँदा वडा नम्बर १ का प्रमुख व्यासले ईन्जिनयर संग बिना ईस्टिमेट र नाँप जाचकै ढलानको काम शुरु गरेको र सो निर्माण गुणस्तरहिन रहेको भन्दै मेयर मेहताले रोक्का गरे पश्चात विवाद र्सिजना भएको देखिन्छ । त्यस्तै व्यास र नगर कार्यपालिका सदस्य ग्रिसनन्दन सिंह मिलेर नगर प्रमुख संग कानुनले तोकेको प्रक्रिया बाहिर गएर ७५ लाखको योजना मांग गरेको र सो मा मेयरले ठाडै अस्विकार गरे पश्चात विवाद झनै बढेको स्थानियको आरोप रहेको छ ।
पछिल्लो केहि दिन यता वडा अध्यक्ष व्यासले नगरप्रमुख मेहतालाई व्यक्तिगत रुपमा ५ लाख पर्ने बुलेट मोटरसाईकल खरिद गरि दिन दवाब दिदै आएको र कार्यपालिका सदस्य सिंहले रु १ लाख पर्ने मोबाईल खरिद गर्न दबाब दिदै आएकोमा मेहताले आफु सक्षम नरहेको बताए पश्चात आफु विरुद्ध षडयन्त्र बुनेको नगर प्रमुख मेहताको भनाई रहेको छ ।
ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई असफल बनाउने मन्सायले वडा अध्यक्ष व्यासले वडा कार्यालयमा सबै फर्निचर हुदा हुदै पनि पुन फर्निचर खरिद गरी अनियमित ढंगबाट नगरपालिका संग भुत्तानी मांग गरेका छन् । गलत ढंगबाट गरिएको कामको भुक्तानी दिन हामी कुनै पनि हालतमा वाध्य नहुने सो नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीको भनाई रहेको छ ।
आन्तिरीक आय न्युन रहेको सो नगरपालिकामा सबैले असहयोग गर्ने मन्सायले विभिन्न किसिमको आर्थिक स्र्वाथ राख्दा काम गर्ने वातावरण बिग्रिदै गएको जोशीको भनाई रहेको छ ।
वडा नम्बर १ का वडा अध्यक्ष विगु व्यासले जनताको विकास भन्दा आफ्नै विकासमा बढि केन्द्रित भएको सोहि वडाका स्थानियले आरोप लगाएका छन् । व्यासले सो वडामा जम्मा ७ जना स्विपर प्रयोग गरी सफाई गराएको नालाको ज्याला ८४ हजार मांग गरेको र सो को भपाई समेत फर्जि रहेको स्थानियले बताएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times