वीरगंज २९ बैशाख ।ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरद्वारा आयोजित तेश्रो भारतीय शैक्षिक मेला २०१८ आजबाट वीरगंजमा शुरु भएको छ । वीरगंजको होटल मकालुमा आयोजित शैक्षिक मेलाको वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले उद्घाटन गर्दै ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरले गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको शैक्षिक मेलाबाट प्रदेश नम्बर २ का विद्यार्थी लाभान्वित हुने बताउनु भयो । विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिलका लागि आवश्यक जानकारी उपलब्ध गराउन मेला उपलब्धीमुलक हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनु भयो । मेयर सरावगीले शिक्षा क्षेत्रको विकासका लागि आफू लामो समय देखि सक्रिय रहेको र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको कुरामा जोड दिनुभयो । ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टर वीरगंजका डाईरेक्टर विजय कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतम, संघिय प्रेस फोरम पर्साका अध्यक्ष आर.के. पटेल, वीरगंज पब्लिक कलेजका प्रिन्सिपल हरिरत्न तुलाधर, नेशनल इन्फोटेक कलेजका डाईरेक्टर ईन्जिनियर मनिष सिंह, लायन्स क्लबकी एम्बेसडर अफ गभर्नर मिनाक्षी गुप्ता, ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरका प्रबन्ध निर्देशक राजु खान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण हेमन्त तामाङ्गले गरेका थिए । कार्यक्रममा बारा, पर्साका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times