वीरगंज वैशाख ३० गते ।
ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरद्वारा आयोजित दुई दिने भारतीय शैक्षिक मेला २०१८ आज सम्पन्न भएको छ । वीरगंजको होटल मकालुमा आयोजित मेलाको आज एक समारोहका बीच समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले भारतका उत्कृष्ट कलेजहरुलाई बोलाएर ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरले आयोजना गरेको शैक्षिक मेलाले प्लस टुका विद्यार्थीहरु लाभान्वित भएको कुरामा जोड दिनु भयो । अध्यक्ष साहले ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरले गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको शैक्षिक मेलाबाट प्रदेश नम्बर २ का विद्यार्थी लाभान्वित हुने दावी गर्नु भयो । ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टर वीरगंजका डाईरेक्टर विजय कुशवाहाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य दीलिपाश्री अधिकारी, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटिकी अध्यक्ष गुडी जोशी, ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरका प्रबन्ध निर्देशक राजु खान, अनुभुति एजुकेशन फाउन्डेशनका फाइनान्स डाईरेक्टर सरोज हुसेन लगायतले आ–आफनो मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बारा, पर्सा लगायतका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सोहि क्रममा २ दिने शैक्षिक मेलामा अवलोकन गरेका विद्यार्थीहरुलाई लक्की ड्र मार्फत स्मार्ट फोन, पेन ड्राईभ, रिचार्ज कार्ड लगायतका उपहारहरु प्रदान गरिएको कार्यक्रमका सहजकर्ता हेमन्त तामाङ्गले बताउनुभयो ।