वीरगंज, जेष्ठ १ – वीरगंज महानगरपालीकाको सुरक्षा र सरसफाइलाइ सुदृढ बनाउन महानगपालीकाले  उधोग वाणिज्य संघलाइ १५ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
वीरगंज महानगपालीकामा आयोजित एक कार्यक्रम विच नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालाइ १५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
वीरगंजको सुरक्षा तथा सरसफाइलाइ नियमित अनुगमनको लागी वीरगंज महानगरलाइ सिसि केमराको पुर्ण निगरानीमा राख्ने योजना अनुसार उधोग वाणिज्य संघलाइ महानगपालीकाले आर्थिक सहयोग प्रदान गरेको हो ।
वीरगंज महानगरपालीका उधोग वाणिज्य संघ र विभिन्न कारपोरेट तथा औधोगीक घारानाहरुको आर्थिक सहयोगमा क्रमिक रुपमा वीरगंजको सबै ठाउँहरुमा सिसि क्यामेरा जडान गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय