राम कुशवाहा
बीरगंज ४ जेठ ।
नारायणी अञ्चल यातायात कार्यालयको सवारी चालक अनुमति पत्र वितरण शाखाले लाईसेन्स वितरण कार्यलाई कडाई गरेपछि दलालहरुको विचल्ली भएको छ । यातायात व्यवस्था मन्त्रालय, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, स्थानिय प्रशासन सबैको ध्यान लाईसेन्स वितरणलाई व्यवस्थित र कडाईका साथ अनुगमन गर्न थालेपछि विगतमा लाईसेन्स बेच्दै आएका दलालहरु विचल्लीमा परेका हुन । यातायात कार्यालयका सुचना अधिकृत रोहित कोईरालाले हाल नियमस“गत र पारदर्शि ढंगले अनलाईन मार्फत फारम भरेका सेवाग्राहीलाई लिखित र ट्रायल परीक्षामा उर्तिण भएपछि मात्रै लाईसेन्स वितरण गरिएको बताउनु भयो । विगतमा कार्यालयका कर्मचारीस“ग मिलोमतो गरी खान पल्केका यातायातका दलालहरु तथा लाईसेन्सलाई कमाउको धन्दा बनाएका केही संचारकर्मीहरु समेत त्यसबाट प्रभावित भएको श्रोतले जनाएको छ । लाईसेन्सबाट नजराना असुल्नेहरुले अब नपाएपछि यातायात कार्यालयको काम कारवाही प्रति सामाजिक संजाल तथा अनलाईनहरुमा विभिन्न खाले समाचार सार्वजनिक गरेका छन् । नियम र कानुनस“गत ढंगले पारदर्शि रुपमा काम गर्दा बधाई आउनु पर्नेमा गाली सुन्नु परेको भन्दै यातायातका कर्मचारीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय