बीरगंज ५ जेठ ।
संघिय पे्रस फोरम रौतहटको अध्यक्षमा किशोरी यादव चयन हुनु भएको छ । संघिय प्रेस फोरम रौतहटको आज गौरमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राकेश कुमार यादव, महिला उपाध्यक्षमा मनिता कुशवाहा, सचिवमा चन्चल झा, कोषाध्यक्षमा ओम प्रकाश यादव, सहसचिवमा विश्वनाथ राम र सदस्यहरुमा दिपेन्द्र यादव, पप्पु झा, दिलिप पाण्डे, अमित कुमार ठाकुर, अजित कर्ण, राहुल पाण्डे र करण मिश्र रहनु भएको छ । संघिय प्रेस फोरमका सल्लाहकार विजय कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र यादव, पत्रकार विनय कुमार लाल दास, प्रविण टिवडेवाल, दिनेश यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय