वीरगन्ज,जेष्ठ ७ ।

संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले  ओली सरकारले मुख्यमन्त्री लालबाबु राउत गदीको अमेरिका भ्रमणमा लागाएको रोक  पुर्वाग्रहि भएको बताएका छन् । संघीय समाजवादी फोरम पर्साले सोमबार बिहान वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा सांसद यादवले मुख्यमन्त्रीको अमेरिका भ्रमणमा रोक लगाउनु मधेसको भावना बिपरित भएको बताउदै अबिलम्ब सच्याउन मागं गरेका छन । उनले संघीय सरकारको यो निर्णय लोकतन्त्र र संघीयता विपरित भएको बताउदै मधेस प्रति ओलीको धारणा पुर्वाग्रहि भएको प्रमाणित समेत गरेको बताउनु भयो   ।
सांसद यादवले तीन दशक देखि मधेसी जनतालाइ शोसन गर्दै आएका दलहरु पर्सा जिल्लाको जनमतबाट परास्त भएपछि पुनः मधेस विरोधी कार्यमा सक्रिय भएको आरोप समेत लगाए  । स्थानिय तथा संघीय र प्रदेश सभाको चुनावमा पर्सा जिल्लाबाट अप्रत्यासित हार बेहोरेका दलका नेताहरु पुनः मधेस विरोधी कार्यमा लागेकोले त्यसता कुतत्वहरुबाट सावधान रहन अनुरोध समेत गरेका थिए । संघीय समाजवादी फोरम नेपालका  नेता तथा मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग्नेहरु मधेसका गद्दार भएको विगतको कार्यशैलीबाट पनि स्पष्ट भएको कार्यक्रममा सांसद यादवले बताएका थिए । मधेसी, दलित, आदिवासी, जनजाती मुस्लिम तथा पिछडिएका वर्गको अधिकारको लागि संविधान संसोधनको पक्षमा संघीय समाजवादी फोरम नेपाल सदैव कृयाशील रह“दै आएको बताउंदै संविधान संसोधनको बारेमा प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सम्मानिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा सम्पन्न ऐतिहासिक भ्रमण तथा नागरिक अभिनन्दनको क्रममा व्यक्त गर्नु भएको विचार मधेसी जनताको आवाज र मांग भएको हुदा यसको विरोध मधेस आन्दोलन र मधेसी जनताको चाहना विपरित भएकोले त्यसता मधेसका गद्दारहरुका राजिनामाको मांग गफमफुसे गफ मात्र सवित हुने उहको भनाई रहेको थियो ।
मधेसका धर्ती पुत्र मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गर्ने नैतिक अधिकार मधेस आन्दोलनको बेला मधेसी जनताको टाउको र छातीमा ताकी ताकी गोली हान्ने दलका नेता तथा  कार्यकर्ताहरुमा कदापि हुन नसक्ने र  त्यस्ता गद्दारहरुलाई मधेसी जनताले राम्रोसंग चिनेकोले चुनावमा प्रमाणित भइसकेको सांसद यादवद्धारा जारि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानिय, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पर्सा वासीले धुलो चटाईसके पनि मधेसी जनतालाई पुनः ठगने बरबराहटले खासै असर नपर्ने  प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । चुनावमा लज्जास्पद रुपमा पराजित भएका केहि मधेस विरोधी दलका स्थानिय नेताले मुख्यमन्त्रीको राजिनामा माग्नु दिवास्वप्न मात्र भएको नेता यादवको भनाइ रहेको थियो । २०६३ साल देखि २०७३ सालसम्म पटक पटक भएको मधेस जनविद्रोहको बेला सयकडौं मधेसीले आफनो प्राणको आहुति दिएको, हजारौं घाईते भएको, सयकडौं अशक्त भई जिवन यापन गरि रहेको बताउंदै मधेस आन्दोलनमा हक अधिकार माग्ने मधेसी जनतालाई झुठा राजनितिक मुद्दा दर्ता गराउने दलका नेताहरु तथा कार्यकर्ताहरुको वास्तविक रुप मधेसी जनताले चिनिसकेको उहांको भनाइ रहेको थियो । तर यती ठुलो बलीदानि र महंगो मुल्य चुकाएर मधेसी जनताको रगतको बलिदानीबाट स्थापना भएको  मधेश सरकारको ऐतिहासिक र साहसिक नेता लालबाबु राउत गद्दी जस्तोे मुख्यमन्त्रीले मधेसी जनताको अधिकारको कुरा उठाउंदा जनताबाट तिरस्कृत भएका एक दुईजनाको हावादारी गफ चिया चर्चाको गफ मात्रै साबित हुने सर्वविदितै रहेको बताउंदै नेपाली कांग्रेसले मुनाफामा रहेका र हजारौं मधेसी जनताले रोजगार पाईरहेका वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना लगायतका उद्योगहरु डुबाएर बन्द रहेको उधोगहरुलाई पुनः संचालनमा ल्याउने पहलमा लागेका मुख्यमन्त्रीको राजीनामा माग्नेहरु कुन शक्तिबाट संचालित रहेको खोजिको बिषय बनेको छ र त्यसको पर्दाफास छिट्टै गरिने जानकारी समेत गराएका थिए । मुख्यमन्त्री लालबाबु राउतले आफनो पहिलो कैबिनेट बैठकबाट बन्द उधोगहरुलाई पुनः संचालनमा ल्याउन पहल गरेकोले आत्तिएर केहि कांग्रेसीहरु मुख्यमन्त्री विरुद्ध भ्रम श्रृजना गर्ने दुस्प्रयास गरेकोमा घोर भत्र्सना समेत सांसद यादवद्वारा जारी विज्ञप्तीमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय