उमेश दुबे
बारा,७ जेष्ठ । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक मिरा चौधरीको आगमन संगै प्रहरीले गरेको कडाईका कारण तस्करी धन्दामा कमी आएको छ ।
प्रहरी चाहे मन्दिरको अगाडीबाट एउटा चप्पल पनि चोरले चोर्न सक्दैन ठिक त्यस्तै जिल्ला प्रहरी कार्यालय बारामा आउनु भएका प्रहरी उपरीक्षक मिरा चौधरीको आदेशले बाराका सबै प्रहरी इमन्दार भएका छन् । चौधरीको आगमन संगै जिल्लामा संचालनमा रहेको सयौं मदिरा भठी नष्ट गरिएको छ भने हजारौ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको कार्य सराहनीय रहेको स्थानिय श्यामलाल साहले बताएका छन् ।
प्रहरी उपरीक्षक चौधरीको आग्मन संगै तस्करहरु अन्यत्र जिल्लामा भाग्न बाध्य भएका छन् । बिगतका दिनहरुमा नेपाल र भारतको सीमाना नाका हु“दै ठूला वडा तस्करहरु कार्य गरिरहेको तर हालको समयमा प्रहरी उपरीक्षक चौधरीको नाम सुन्न साथ अन्य जिल्लामा प्रवेश गरेको तस्कर श्रोतले जनाएको छ । आफुहरु पहिला ट्रयाक्टर र ट्रकको माध्यमले काम गर्थे तर हाल आउनु भएका प्रहरी उपरीक्षक चौधरीको नाम सुन्नसाथ कुरा गर्ने हिम्मत नभएर अर्को जिल्ला समात्नु पर्ने बाध्य भएको तस्कर श्रोतले बताए ।
यस बिषयमा प्रहरी उपरीक्षक मिरा चौधरीले तस्करी नियन्त्रण र अपराधिक क्रियाकलाप रोक्न लागि परेको बताउनु भयो । उहा“ले आफु रहुन्जेल बाराको कुनैपनि नाका अथवा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई नछोडिने बताउनु भयो । प्रहरी उपरीक्षक चौधरीले आफ्नो तर्फबाट तस्करी तथा अपराधि क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times