बीरगंज ८ जेठ ।
जगत गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले नेपाली जनताले चाहेमा नेपाल हिन्दु राष्ट्र घोषणा हुन सक्ने बताउनु भएको छ ।
हिन्दु धर्म जागरण सभाद्वारा आज वीरगंजमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले हिन्दु राष्ट्र र राजसंस्था फरक फरक धार भएको र धर्मलाई राजसंस्थास“ग नजोडन आग्रह गर्नु भयो । उहाले बेद विनाको विज्ञानले सर्वनास निम्त्यिाउने बताउदै बेदलाई नै आधार मानेर विज्ञानको सृजना भएको दावी गर्दै दुनियाको कुनै पनि चिज धर्म भन्दा अलग रहन नसक्ने समेत बताउनु भयो । जगतगुरु शंकराचार्यले धर्मको कुनै सिमा र बन्धन नहुने हु“दा राजनीतिकर्मीहरु समेत कुनै न कुनै धर्ममा आस्था राख्ने व्यक्ति भएको कुरामा जोड दिनुभयो । पत्रकार सम्मेलन अघि जगतगुरु शंकराचार्यस“ग सयौंको संख्यामा दिक्षा लिनेहरुको गोपाल मण्डली धर्मशालामा भिड लागेको थियो । जगतगुरु शंकराचार्य आजै बीरगंजबाट रक्सौल हुदै भारतको गोवर्धन मठ पुरीपिठ तर्फ प्रस्थान गर्नु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times