वीरगंज, जेष्ठ १२ – किरण आँखा अस्पताल वीरगंजले शनिवार निःशुल्क आँखा शिविर समपन्न गरेको छ ।
उपकार सेवा नेपालको सहयोगमा आयोजित शिविरमा गर्मि याममा हुने धुलो, धुवा, वायु प्रदुशनलाई मध्यनजर गर्दै आँखा शिविरको आयोजना गरेको क्याम्पका ईन्चार्ज धिरज कुमार साहले बताए । प्रगति विद्या मन्दिर प्राथमिक विद्यालय प्रगतिनगरमा आयोजित निःशुल्क शिविरमा सेवा नेपालको सहयोगमा ३ सय ५२ जना आँखाका विरामीले लाभ लिएका थिए ।शिविरमा निःशुल्क आखाँ चेकअप, निःशुल्क लेजर टेष्टमार्फत उपचार, निःशुल्क औषधीको व्यवस्थाको साथै आएका विरामी मध्येकालाई अपरेश्न गर्नुपर्ने अथवा चश्मा लगाउनु परे ५० प्रतिशत सहुलियतमा कुनैपनी उपचार गरिदिने व्यवस्था मिलाएको ओटिवि इन्चार्ज विन्देश्वर साहले बताए ।कार्यक्रममा अपथामोलोजिष्ट विशेषज्ञ डा. अमर क्यालको टिमले निःशुल्क आखाँ शिविरको चेकजाँच तथा उपचार गरेका थिए । शिविरमा ५० जना मोतियाविन्दुका विरामी फेला परेका थिए । उनिहरुलाई सहुलियत दरमा अपरेश्न गरिने किरण आँखा अस्पतालले जनाएको छ ।वीरगंजको वाईपासस्थित सञ्चालन गरेको अस्पतालमा होस्पिटालिटि, बच्चाको विशेषज्ञ, अपथामोलोजिष्ट, न्यूरो स्पेश्लीस्ट लगायत लेजर प्रविधि, ओसिटि सहितको उपकरण मार्फत आखाँको प्याकेज मै उपचार गराउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।सिविरमा राष्ट्रिय जनता पार्टी नेपालकि नेतृ रम्भा मिश्र, उषा श्रीवास्तव, उपकार सेवा नेपालका केन्द्रिय संचालक सज्जन अग्रवाल, प्रगति विद्या मन्दिर प्राथमिक विद्यालयका अध्यक्ष मुर्ली जलान, युवा नेता नीरज पाण्डे, बिष्णु पटेल, आशुँ सर्राफलगयातको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय