वीरगंज 15 जेठ ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले पर्साका पत्रकार प्रणय साहलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको प्रति मधेसी पत्रकार समाज पर्साले घोर आपत्ति जनाएको छ । समाचार संकलन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका पब्लिक एफ.एमका संवादाता प्रणय साह माथी प्रजिअ लोकनाथ पौडेलले अपशब्द प्रयोग गरी दुव्र्यवाहार गरेकोमा सो घटनाको बिरोध गर्दै प्रजिअ जस्तो गरिमामय पदमा बसेका व्यक्तिले प्रेस स्वतन्त्रको खिल्ली उडाएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनाको निन्दा गरेको छ । मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साहद्धारा जारी विज्ञप्तिमा समाचारकै विषयलाई लिएर कुनै पनि सञ्चारकर्मी वा सञ्चारमाध्यम माथि दुव्र्यवहार गर्नु लोकतन्त्रमा प्रेश स्वतन्त्रतको ठाडो उलंघन भएको भन्दै त्यसतो कार्य गर्ने जो सुकैलाजई पनि कानुनी कारवाहि हुनु पर्ने जोडदार माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा रहेको दुर्गन्धीत शौचालयको समाचार संकलन गर्न गएको तथा सो सम्बन्धमा वहाँ संग जिज्ञासा राख्दा पर्साका पत्रकारहरु दलाल हुन भन्ने शब्द प्रयोग गरेकोमा प्रजिअ पौडेलले सार्वजनिक रुपमै माफी मागी आइन्दा यस्तो गलती आफुबाट नहुने प्रतिबद्धता नजनाए मधेसी पत्रकार समाजले प्रजिअ घिमिरे विरुद्ध कडा कदम चाल्न बाध्य हुने उल्लेख छ । यसैबिच सञ्चारकर्मी साह माथि भएको घटना प्रति आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पनि गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । फोनिज पर्साका अध्यक्ष दिलिप प्रधानले आज एक विज्ञप्ति जारी गर्दै घटना प्रति निन्दा गर्दै सञ्चारकर्मीहरुलाई स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउनु पर्ने हुंदा हुदै पनि सरकारी ओहदामा बसेका प्रमुख जिल्ला अधिकारी जस्ता व्यक्तिले यस्ता शब्दहरु प्रयोग गर्नुले हामी पत्रकारहरु मर्माहित भएका छौ । प्रजिअ माथि सरकारले तुरुन्त छानबिन गरी कानुनी प्रक्रियाबाट कानुनी कारवाहि अगाडि बढाउन महासंघले जोडदार माग गर्दछ । यदि यस विषयमा कुनै पनि किसिमको सरकारले बेवास्ता गरेको खण्डमा महासंघले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको यसै विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय