वीरगन्ज,जेष्ठ २०
मुख्यमन्त्री लालबाबु राउत गदी र नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्जमा रहेको नगवा पोखरीको स्थलगत निरिक्षण गर्नुभएको छ । आइतवार बिहान वीरगन्ज महानगपालीका वार्ड नम्बर १६मा रहेको उक्त पोखरीमा पुगेको महानगपालीकाको प्रमुख प्रशासकिया अधिकृत डाक्टर भिष्म कुमार भुषाल लगायत योजना शाखाका प्रमुख सहितको टोलीसंग मुख्यमन्त्री गदी र नगर प्रमुख सरावगीले नगवा पोखरीको अत्याधुनिकि करण गर्नुको साथै पार्क निर्माण गर्ने विषयमा छलफल गर्नुभएको छ । प्रदेश सरकार र वीरगन्ज महानगपालीकाको संयुक्त बजेटबाट पोखरीका आटहरुलाइ व्यवस्थ गर्नुको साथै अत्याधुनिक पार्क निर्माण गर्नेबारे छलफल भएको थियो ।सार्थै मुख्यमन्त्री लालबाबु राउत गदी ,नगर प्रमुख विजय कुमार सरावगी र महानगपालीकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भिष्म कुमार भुषालले बडा अध्यक्ष श्याम चौरसियाको नेतृत्वमा आएका वडावासीसगं पोखरीलाइ व्यवस्थीत गर्नुको साथै पार्क निर्माण गर्ने बिषयमा छलफल समेत गर्नु भएको थियो ।
अर्को तर्फ वडा नम्बर १६मा निर्माण भइरहेका नाला र सडकहरुको नगर प्रमुख सरावगीले निरिक्षण गर्नुभएको छ ।प्रमुख प्रशासकिय अधिकृत डाक्टर भिष्म कुमार भुषाल ,महानगपालीकाका योजना प्रमुख,वरिष्ट अधिकृत सुमन श्रेष्ठ लगायतको टोली नगवा गाउमा पुगी चलिरहेका योजनाहरुको कार्यप्रगती र स्तरियताको निरिक्षण गर्दै बिकास निर्माणका कार्यहरुलाइ तिब्रता दिन निर्देशन समेत नगर प्रमुख सरावगीले दिनु भएको छ ।