वीरगंज, २० जेष्ठ । जगतगुरु शंकराचार्य पूज्यपाद स्वामी निश्चिलानन्द सरस्वती महाराजको पूरी पीठ परिषदद्वारा संचालित रामराज परिषद नेपाल, आनंदवाहिनी नेपाल एवम आदित्य वाहिनीमा आवद्ध व्यक्तित्वहरूलाई आज एक समारोहबीच जिम्मेवारी बा“डफा“ड गरियो ।
परिषद पुरीको आइतवार वीरगंजस्थित गोपाल मण्डलीमा आदित्य बाहिनीका नेपाल संयोजक ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेको अध्यक्षतामा बसेको बैठकले देवनाथ उपाध्यायलाई रामराज परिषद नेपालको बरिष्ठ सल्लाहकार, भुपेन्द्र पौडेल, शिवशंकर आर्यलाई केन्द्रिय सल्लाहकामा चयन गरेको छ, त्यसैगरी केन्द्रिय सदस्यमा देवप्रकाश पटेल र सुरेन्द्र पटेललाई चयन गरेको छ भने शिक्षा विभागमा अजय केसरीलाई चयन गरेको छ ।
यसैगरी भरत नेपाललाई आदित्य बाहनी नेपालको केन्द्रिय वरिष्ठ सल्लाहकारमा र दिपक सर्राफलाई केन्द्रिय सदस्यमा चयन गरेको छ । यसैगरी प्रदेश नं. २ को संयोजक राजन रौनियारलाई र महासचिवमा बिष्णु पटेल र मुना सर्राफलाई प्रदेश सदस्यमा चयन गरेको छ । प्रदेश नं. २ को आनन्द बाहनीको कोषाध्यक्षमा उषा श्रीवास्तव र प्रदेश सदस्यमा पल्लवी साहलाई चयन गरेको छ ।
त्यसैगरी जिल्ला सदस्यमा उषा पटेल, रीता उपाध्याय र संचार सहयोगीमा अनिल वर्मा र अनिल साहलाई चयन गरिएको रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेन्द्र कुमार पटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रामराज परिषद नेपालका संयोजक धर्मेन्द्र पटेल, विशिष्ट अतिथि पीठ परिषदका पर्यवेक्षक डा. अनिल कुमार झा, अधिवक्ता बिनोद प्रसाद कुर्मी, प्रवक्ता राजनारायण मिश्र, आनन्द बाहिनी प्रदेश नं. २ संयोजक रम्भा मिश्रा, रामराज परिषदका जिल्ला अध्यक्ष पल्टन पटेल, आदित्य बाहनीका अध्यक्ष अनिल पटेल लगायतको उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेन्द्र पटेलले सम्पूर्ण मठ मन्दिरमा नियमित पुजापाठ गर्ने र मठ मन्दिरमा गुरुकुल संचाल्ने गर्ने र सम्पुर्ण हिन्दुको घरमाथि भागवा अर्थात पहेलो रंगको झण्डा लगाउने, हिन्दु धर्मको संरक्षण र संवद्र्धन सम्बन्धी प्रशिक्षण लिई हिन्दु जनसमुदायमा प्रशिक्षण दिने बताउनुभयो ।
पीठ परिषदका सम्बन्धमा सर्वेक्षक डाक्टर अनिल झाले प्रकाश पार्नु भएको थियो भनें संगठन एवम वैदिक सनातन धर्मसंस्कृति संवद्र्धन एवम प्रवद्र्धनको विषयमा अदित्यवाहिनी नेपालका केन्द्रीय संयोजक पण्डित पुरुषोत्तम दुबेले प्रकाश पार्नु भएको थियो ।

को संयोजन पदको जिम्मेवारी विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिएको छ ।
वीरगंजस्थित माइस्थान मन्दिरमा एक कार्यक्रमकाबीच रामराज परिषद नेपालको पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी पल्टन पटेललाई प्रदान गरिएको छ भने रम्भा मिश्रलाई आनन्द वाहिनी प्रदेश नम्बर(२ को संयोजक पदको जिम्मेवारी दिइयो, त्यसैगरी आदिय्य वाहिनी नेपालको पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी अनिल पटेलले पाएका छन ।
प्रमुख अतिथि नेपाल सर्वेक्षक डाक्टर अनिल झा र विशिष्ट अतिथि अदित्यवाहिनी नेपालका संयोजक ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेको विशेष उपस्थितिमा सो जिम्मेवारी प्रदान गरिएको हो ।
रामराज परिषद नेपालका राष्ट्रिय संयोजक धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रामराज परिषद नेपालका केन्द्रीय सल्लाहकार अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय प्रवक्ता राज नारायण मिश्र, आनंदवाहिनी नेपाल प्रदेश नम्बर २का कोषाध्यक्ष उषा श्रीवास्तव, बृजनंदन पटेल, पंडित घनश्याम सापकोटा, पंडित संजय चतुर्वेदी, अधिवक्ता विजय उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पंडित ज्योतिषहरुद्वारा स्वस्ति बाचन गरी उपस्थित व्यक्तितवहरुलाई टिका लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
उल्लेखित संस्थाले नेपालमा वैदिक सनातन धर्मसंस्कृति रीति रिवाज र परम्पराको संरक्षण, संवर्द्धन र उत्थानका कार्यक्रमहरू गर्ने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय