वीरगंज, जेष्ठ २३
सधन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण सडक  परियोजनाको पहिलो खण्डको बुधबार बिहान वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुरमा सिलान्यास गरिएको छ ।वीरगंज महानगरपालिका शहरी विकास मन्त्रालयको बजेटमा वीरगंजको विभिन्न वडाहरुमा निर्माण हुने सडक योजनाको पहिलो खण्डको २७ किलोमिटर सडकको सिलान्यास नगर प्रमुख विजय कुमार सरावगीले गर्नु भएको छ . महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालको सभापतित्वमा सम्पन्न भएको सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विजय कुमार सरावगीले विकास निर्माणको कार्यमा सघाउन सबैलाई अनुरोध गर्नु भयो ।  उहाँले महानगरपालिकामा रहेको ग्रामिण भेगको विकासले मात्रै महानगरपालिकाको विकास सम्भव भएकोले  सडकको निर्माणकार्यको परवानीपुरबाट सुरुवात गरिएको बताउनु भयो ।  . मेयर सरावगीले विकास कार्यको पहिलो सुरुवात भएकोले अतिक्रमित ऐलानी पर्ती जग्गाहरुलाई अबिलम्ब खालि गर्न अनुरोध समेत गर्नु भयो । मेयर सरावगीले वीरगंज सहरलाई सफा र हराभरा सहर बनाउनको लागी सडक निर्माण संगसंगै ऐलानी जग्गाहरुमा वृक्षारोपण गर्ने समेत जानकारी गराउनु भएको थियो . वीरगंज महानगरपालिकाद्वारा तिब्र गतिमा विकास निर्माणका कार्यहरु भईरहेका बताउदै निर्माण भईराहेका योजनाहरुको गुणस्तरतामा कमजोरी देखे तुरुन्त नगरपालिकामा खबर गर्न मेयर सरावगीले आम नगरवासीलाई अनुरोध समेत गनुभयो ।  निर्माण हुने सडक, ऐलानी र पर्ती जग्गा कसैले अतिक्रमण गरेको छ भने अभिलम्भ् खालि गरि निर्माण कार्यमा सहयोग गर्न अनुरोध समेत गर्नु भयो . प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भुषालको सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा सांसद डा पुष्पादेवी कर्ण, जिल्ला समन्वय समितीका उपाध्यक्ष ठाकुर प्रसाद न्योपाने, नगर उपप्रमुख शुश्री शान्ति कार्कि लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो स्वागत मन्तव्य वडा अध्यक्ष हबिब मियाले व्यक्त गर्नुभएको थियो  । वीरगंज महानगरपालिकामा रहेको विभिन्न सडकहरुको स्तरोन्नति कार्यका लागि दुई वटा प्याकेजमा ९ मिटर चौडाई निर्माण हुने ३० वटा सडकको पहिलो सडक खण्डको ठेक्का निर्माण व्यवसायी स्वच्छन्द,पप्पु र युनाइटेड कम्पनी ७३ करोड ७५लाख ९ हजार ९२०रुपैयामा ठेक्का लिएका छन् । जसमा नाला सहित९मिटर चौड १७वटा सडकहरु निर्माण गर्नुपर्ने योजना रहेको छ ।यसैगरी वीरगन्जको नगवामा योजनाको दोश्रो खन्डको शिलान्यास कार्यक्रम छिटै गरिने जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय