वीरगंज,जेष्ठ २४ ।
गए राती सिर्सिया सुख्खा बन्दरगाहमा रेलबाट कन्टेनर अनलोड गर्ने क्रममा तार सर्ट भएर आगलागी हुदा मेशिन जलेर नष्ट भएको छ । करिब राती ११ बजेको समयमा भारतबाट कन्टेनर बोकेर आएको रेलबाट एन एल ०२ क्यु ०१४९ नम्बरको हयास्टर टिआइडी नामक रिचेस टेकर मेसिनबाट अनलोड गर्ने क्रममा एक्कासी मेशिनमा रहेको तारहरु सर्ट भएर आगलागी भएको थियो । वीरगञ्ज महानगरपालिका र पोखरीयाबाट गएको दमकलको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको समेत सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीमा परी मेशिनका अपरेटर भारत बिहार सीतामढीका ३१ वर्षीय सुशिल राउतको दाया हातमा सामान्य चोट लागेको छ । मेशिनको मुल्य लगभग २ करोड भारतीय रुपैया पर्ने बताइएको छ । भारतीय कम्पनी हाइवे रोडलाईन्स प्राइवेट लिमीटेडले ठेक्का सकार गरेर सुख्खा बन्दरगाहमा सेवा दिदै आएको छ । मेशिन पुर्ण रुपमा जलेर नष्ट भएको छ । एउटा नेपाली र २ वटा भारतीय गरि हाल ३ वटा मेशिन संचालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय