प्रणय साह
वीरगंज २५ जेठ ।
सि“चाइ अभावमा धानको बिउमा पानि नपाएपछि चिन्तामा रहेका किसानहरू वर्षापछि खुसी भएका छन् । खडेरीले बिउमा पानि नपाएर बिग्रि“दै गएको धानको बिउ वर्षाले सुध्रिने विश्वास उनीहरूको छ ।
सि“चाइ अभावमा किसानहरूले पम्पसेट र साना ट्युबवेलबाट सि“चाइ गर्ने प्रयास गरेका थिए । त्यसरी धान खेतमा सि“चाइ गर्दा निकै मह“गो परेको किसानहरूको गुनासो छ । यसअघि वर्षा को झरी भइदिएको भए लागत घट्ने थियो । शुक्रबार देखि तराईमा धानको बिउलाई आवश्यक पर्ने वर्षा भएको छ । खेतको धान बिउ नपाउ“दै सुक्ने अवस्था आएपछि ट्युबवेलबाट सि“चाइ गर्दा लागत खर्च बढेको प्रवानिपुर गाउ“पालिका बहुअरीका प्रविन गुप्ताले बताए । ‘सि“चाइका लागि नहर, कुलो भएपनि पानि छैन । आज केही झरी वर्षा भएपछि राहत मिलेको छ,’ उनले भने, ‘अब धानको बिउमा सि“चाइ गर्नु पर्दैन । यति झरी पानीले धानको बिउ तयार हुन्छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times