राजन कुमार बानिया
पोखरिया जेठ २५ ।
थारु कल्याणकारीणी सभा पर्साको ७ औ जिल्ला अधिवेशन पर्साको जिराभवानी गाउपालिका वार्ड नंबर ३ अन्तर्गत रहेको बितो महतो जनता माबि जीतपुर नौकाटोलामा शुरु भएको । अधिबेशनको उदघाटन गर्दै प्रमुखअतिथि अमिरी लाल चौधरीले आफनो हक अधिकार लिनको लागि नेपालका सम्पुर्ण थारु समुदाय एक जुट हुन जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य शंकर चौधरीले थारु समूदायले आफनो भाषा, संस्कृति, पहिरन तथा परम्परा जोगाउनको लागी क्रियासिल रहनुपर्ने बताउनुभयो । त्यस्तै थारु समूदायको हक अधिकार प्राप्त गर्न थारु एकता कायम गरी राज्यसंग लड्न आवश्यक रहेको वक्ताहरुले बताएका छन । कार्यक्रम थारु कल्यणकारी सभा पर्साको अध्यक्ष हेमनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । थारु कल्याणकारी सभाका केन्द्रीय महामन्त्री अमिरी लाल चौधरीको प्रमुख आतिथित्यमा सम्पन्न भएको कार्यक्रममा पुर्व मंत्री मोहन चौधरी, थारु शिक्षक समिति पर्साको प्रतिनिधि दिनानाथ प्रसाद दास, वडा अध्यक्ष उमेश सिंह, सल्लाहकार ठाकुर महतो, पटेर्वा सुगौली गाउपालिकाका प्रमुख हरिनारायण चौधरी, जिराभवानी गाउपालिकाका प्रमुख रामप्रित महतो, थारू कल्याण कारिणीका उपाध्यक्ष नन्दकिशोर पंजियार केन्द्रिय पार्षद बृजमोहन चौधरी लगाउतकाले मन्तव्य ब्यक्त गरेका थिए । सो कार्यक्रममा विभिन्न संघ संस्थाहरुमा आबद्द थारू प्रतिनिधी महिला विभिन्न स्कुलका थारू शिक्षक बिधार्थी समाजसेवीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय