जनकपुरधाम, जेठ २६ । मुख्यमन्त्री लालबाबु राउतले नव स्थापित राजर्षि जनक विश्वविद्यालय प्रदेश नं. २ लाई शैक्षिक हब बनाउन सहायक हुने बताउनु भएको छ ।
आज जनकपुरमा आयोजित राजर्षि जनक विश्वविद्यालयको दृष्टिकोण, उद्देश्य र लक्ष्य विषयक अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका सहकुलपति समेत रहनु भएका मुख्यमन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशलाई समृद्ध बनाउन नसक्ने उल्लेख गर्दै यस विश्वविद्यालयलाई प्राविधिक शिक्षामा केन्द्रित हुनु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार यस प्रदेशलाई नै प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने निति लिएकाले सो निति लाई व्यवहारमा ल्याउन राजर्षि जनक विश्वविद्यालयको भूमिका प्रमुख रहने बताउनु भयो ।
लामो प्रयास पछि स्थापित विश्वविद्यालयको स्थापनामा भूमिका निर्वाह गर्ने राजनीतिक कर्मी र विद्वत वर्गलाई धन्यवाद दिदै मुख्यमन्त्री राउतले राजर्षि जनक विश्वविद्यालयलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले हरसम्भव प्रयासगर्ने प्रतिबद्धता जनाउनु भयो ।
विश्वविद्यालयका उपकुलपति प्रा. भरत झाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा डा. सदन भगतले विषय प्रवेश गराउनु भएको थियो भने विश्व विद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. शैलेन्द्र लाभ कर्ण, नेपाली काँग्रेस धनुषाका सभापति महेश शंकर गिरी, फोरम नेपालका धनुषा उपाध्यक्ष दिनेश यादव , विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय