बिरगंज २ असार ।
न्याय माग्न जादा वीरगन्ज १६ नगवाका दुईजना दाजुभाई सहित तिन जनालाई शुक्रबार पर्सा प्रहरीले थुनेको छ । शिवचन्द्र श्रीवास्तव, गुडु श्रीवास्तव र छिमेकी मोहन ठाकुरलाई जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले थुनेका हुन । शिवचन्द्र र गुडु दाईभाई हुन ।
निजि जग्गामा बाटो कायम गर्न जबरजस्ती दबाब दिएपछि वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया विरुद्ध बुधबार प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर श्रीवास्तवले दिएको निवेदन माथि कुनै सुनवाई भएन । आफुमाथी निवेदन परेको जानकारी पाउना साथ वडा अध्यक्ष चौरसियाले बिहिबार शिवचन्द्र, गुडु र मोहन विरुद्ध सार्वजनिक ठाउमा गालि वेईज्जति गरेको भनि झुठो निवेदन दिइ मेरो श्रीमानलाई फसाउन खोजेको गुडुका पत्नी रिता श्रीवास्तवले बताईन ।
बुधबार श्रीवास्तवले दिएको उजुरीमा पर्साका एसपी ढकालले सुनवाई नगरी बिहिबार वडा अध्यक्ष चौरसियाको उजुरीको अधारमा शुक्रबार छलफलको लागि बोलाई श्रीवास्तव दाईभाई सहित मोहनलाई जरबजस्ती थुनेको उनका दाई बिरचन्द्र श्रीवास्तवले बताए । शिवचन्द्र श्रीवास्तवले अदालतको आदेश कायम गराउन र शान्ति सुरक्षा कायम गर्न पर्सा प्रहरीमा निवेदन दिएका छन ।
वडा अध्यक्ष चौरसिया फोरम नेपाल पार्टीबाट आवद्ध छन र जिल्ला अध्यक्ष, सासद र आफनै पार्टीका प्रदेश २ का मुख्य मन्त्री तथा बिरगंज महानगरपालिकाका मेयरको दवाबमा एसपीले ढकालले निर्दोष श्रीवास्तव दाई भाई र मोहनलाई पक्राउ गरेका पिडितका परिवारले आरोप लगाएका छ्न । घटना बारे एसपि ढ्काल सग बु्झदा माथी बाट नै दवावका कारण आफुले उनिहरुलाई पक्राउ गरेको स्वीकार गरेका छ्न । उनले भने मेयरलाई भन्न लगाउनुस अहिले नै छाड्छु नत्र भोली सार्वजनिक मुद्दा चलाउन म्याद थप गर्ने बताए ।
श्रीवास्तवको निजि जग्गामा लगाईको पर्खाल तथा बास वडा अध्यक्ष चौरसियाले जबरजस्ती निकाल्न खोल्दा दुवै पक्ष विच गत शनिबार भनाभन भएको थियो । जिल्ला अदालत पर्साले २०७५ बैशाख २७ गते पत्र नै काटेर वडा अध्यक्ष चौरसियालाई नगवा वी १ हाल वडा नम्बर १६ को कित्ता नम्बर १४३६ मा लगाईको पर्खाल र बास नहटाउन आदेश दिएपनि अदालतको अवहेलना गर्दै चौरसियाले वीरगज महानगरपालिकाको नगर प्रहरी लाई प्रयोग गरी विदाको दिनमा शनिबार जबरजस्ती पर्खाल र वास हटाउन खोज्दा विवाद भएको थियो ।
विवाद भए लगतै दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई आईन्दा यस्तो नगर्न चेतावनी दिदै जिल्ला प्रहरी कार्यालयका केरकार शाखाका प्रहरी नायब निरीक्षक रामबालक यादबले मिलापत्र गराएर छाडेका थिए । तर एसपी ढकालले फोरमका नेताहरुको दवाबमा पिडित पक्षलाई न्याय दिलाउनुको साटो उल्टै थुनेर आफूमाथि अन्याय गरेको श्रीवास्तवले बताए । उनले भन्ने प्रहरीले घटना बारे निश्पक्ष रुपमा छानविन गरोस दोषी ठहरीय आफू कार्वाहीको भागिदार हुनेछु ।
कित्ता नम्बर १४३६ को पूर्व पट्टिका घर धनि रुपलाल साह तेलीको आर्थिक प्रलोभनमा परि वडा अध्यक्ष चौरसियाले श्रीवास्तवको निजि जग्गामा जबरजस्ती सार्वजनिक बाटो निकाल्न खोज्दा विवाद हुदै आएको छ । अदालतको अवहेलना गर्नेलाई छुट, आफूहरु न्यायको लागि गुहार गर्दा दोषी, यो कस्तो कानुन हो जुन फोरमका नेताहरूको निर्देशनमा चलि रहेको छ आक्रोशित हुदै उनका दाई श्रीवास्तवले दुख पोखेका छन ।
स्मरण रहोस एसपी ढकाल जनताले आफनो खुन पसिना बगाएर तिरेको करबाट तलब खान्छन तर जनताको सेवा गर्नुको साटो नेता मन्त्रीको आदेशमा हिडने गरेका छन । पर्सा प्रहरीको यस्तै रवैया रहयो भने अन्यायमा परेका व्यक्ति न्याय माग्न कहा जान्छन ?
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times