प्रणय साह
वीरगंज २ असार ।
अरबी पात्रो हिजरी सम्वतका अनुसार दशौं महिनाको आज पहिलो दिन शनिबार देशभरका मुसलीम समुदायले विशेष नमाज पाठ गरी ठूलोबडा बाट आशीर्वाद लिएर ईद उल फित्र पर्व धुमधाम संग मनाउ“दै छन् । शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिन सम्म आफूभन्दा ठूला बडाको आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन रहेको छ । गरीब तथा वीपन्न परिवारलाई खुशीपूर्वक दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने गरिएको हो । शनिबार बिहान वीरगंजको विभिन्न मस्जिद तथा ईदर्गाह पुगी विशेष नमाज पाठ गरिने र ठूलाबडा कहा आर्शीवाद लिने क्रम शुरु हुन्छ । पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्ष्िभत्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख गरिएको कारण यस दीन दान गरिएको नगद वा जिन्सी गरीबलाई बाडिन्छ जसलाई जकात भनिएको छ । गत जेठ ३ गते शुक्रबार देखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सुरु भएको थियो । पर्वका अवसरमा मुसलमान समुदायले नया“ कपडा लगाई साथी भाइ कहा“ गएर इदको शुभकामना आदान प्रदान गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय