काठमाडौँ, आषाढ ३ 
संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले काठमाडौँ महानगरपालिकाको प्रशासनले मधेसीहरुलाई धपाउन काम गरिरहेको आरोप लगाएका छन् ।संघीय संसदमा बोल्दै पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले काठमाडौँ महानगरपालिकाको प्रशासनले उपत्यकामा विभिन्न व्यवसायमा आबद्ध २५ हजार भन्दा बढि मधेसीहरुलाई धपाउन काम गरिरहेको आरोप लगाउदै आपत्ति जनाएका हुन् ।आइतबारको संघीय संसदको बैठकमा बोल्दै सांसद प्रदिप यादवले काठमाडौंमा फलफूल तथा तरकारी बेच्ने मधेसीहरुलाई काठमाडौँ महानगरपालिकाले बिना कारण जरिवाना लिएर अथवा साइकल र अन्य उपकरणहरु जफत गरेर धपाउन काम गरिरहेको आरोप लगाएका थिए ।यादवले गरीब तथा निमुखा मधेसीहरुले काठमाडौंमा साइकलमा स–सानो व्यापार गर्दा काठमाडौं महानगरपालिकाले धपाउने काम गरेको बताए । उनले २५ हजार त्यस्ता मधेसीहरुलाई महानगरपालिकाले दुःख दिइरहेको बताउँदै उनीहरुलाई व्यापार गर्ने व्यवस्था मिलाउन माग गरे ।‘हामी भन्छौं हिमाल पहाड तराई कोही छैन पराई तर अहिले काठमाडौं महानगरबाट २५ हजार मधेसीयालाई भइरहेको छ खेदाई’ यादवले संसदमा भने, ‘काठमाडौंका गली गलीमा तरकारी फलफूल पुर्याउने मधेसीहरुको अहिले साइकल जफत हुँदैछ,  कारवाही हुँदैछ, यसलाई अभिलम्ब रोक्न आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय