वीरगंज,१० असार ।
वीरगन्ज महानगरपालिकाको दोश्रो नगर सभाको उदघाटन कार्यक्रम सम्मपन्न भएको छ ।कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले नगरवासीमामm आफुले गरेको वाचा पुरा गरेर छाडने धारण व्यक्त गर्नु भएको छ । उहाले नगरको विकासमा आफु निरन्तर लागी राख्ने बताउनु भयो ।उहाले महानगरको विकास निर्माणको काममा केहि पुराना स्वार्थी खेलाडिहरु राजनिति गर्न खोजेको आरोलगाउदै त्यसता व्यक्तिहरु आफै जनतामा नांगीने बताउनु उहाले विकास निर्माण कार्यहरुमा राजनीतिक हस्तक्षेप भएकाले काम गर्न केहि समस्या भइरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले असन्तुष्ट वडा सदस्यहरुले राखेको सेवा सुविधाको माग जायज नभएको बताउदै नियम र कानुन भन्दा बाहिर गएर आफु जनविरोधी कार्य कुनैपनि हालतमा नगर्ने ठोकुवा गर्नुभयो ।उहाले वडा सदस्यहरुको सेवा सुविधा दिन नगरपालिका तयार रहेको बताउदै जनताको बिकासमा सबैमिलेर जानु पर्नै धारणा व्यक्त गर्नु भएको थियो ।
आफु जनताबाट अपार माया र साथ पाएर मेयरमा निर्वाचित भएको भन्दै उनले भने ,‘ म जनताको प्रतिनीधी हु , मेरो कामबाट महानगरवासी सन्तुष्ट छन् , केहि जनप्रतिनिधीहरुले बखेडा गर्छन् भने पनि मलाइ त्यसले कुनै फरक पर्दैन् ।
वीरगन्जको नगर सभागृहमा सम्पन्न भएको दोश्रो नगर नगरसभामा आगामी आर्थिक वर्षका लागि ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत भएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भुषालले नीति तथा कार्यक्रम प्रस्तु गर्दै आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ एक अर्ब ४४ करोड७९ लाख ९हजार, पुजीगत खर्च तर्फ ३ अर्ब ५१ करोड४३ लाख ८५ हजार र वित्तीय व्यवस्थापन तर्फ एक कारोड ५८ लाख ८३ हजार रुपैया बजेट विनियोज गरेको जानकारी दिनुभयो । उहाँले चालु खर्चमा २९.१ प्रतिशत, पूजीगत खर्चमा ७०.०६ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ०.३ प्रतिशत बजेट विनियोजित गरेको बताउनु भयो ।
अगामी वर्षका लागि पूर्वधार निर्माण, स्वास्थ्य, शिक्षा,कृषिको विकास संगै व्यपार मैत्री नीति अवलम्बन गर्दै करक नया दर लागु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीले जानकारी दिनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीले नगर भित्रको फहर व्यवस्थापनदेखि कृषिमा यान्त्रीकरणको नीती अवलम्बन गरिएको जानकारी दिनुभयो ।
वीरगन्जको नगरसभा गृहमा आज आयोजित वीरगन्ज महानगरपालिकाको दोश्रो नगरसभामा चार अर्ब ९७ करोड ८१ लाख ७७ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरिएको हो । आगामी आर्थिक वर्षको नीती , कार्यक्रम तथा बजेटमा महानगरपालिकाले सबै भन्दा बढि पुर्वाधार विकासको क्षेत्रलाइ प्राथमिकतामा राखेको छ । पुर्वाधार विकास क्षेत्रमा कूल बजेटको ७६ प्रतिशत अर्थात तीन अर्ब ३६ करोड ६० लाख ८५ हजार रकम विनियोजन गरिएको छ । यसैगरि वातावरण तथा विपद व्यवस्थापनमा एक करोड ९१ लाख ५० हजार , सामाजिक विकास क्षेत्र तर्फ ८५ करोड ५५ लाख २३ हजार , कृषि , पर्यटन समेत आर्थिक विकास क्षेत्र तर्फ दुइ करोड २० लाख ६७ हजार , सामाजिक सुरक्षा भत्ता तर्फ २० करोड रकम विनीयोजन गरिको छ । आगामी आर्थिक वर्षको निती , कार्यक्रम र बजेटमा व्यय तर्फ चालु खर्चमा एक अर्ब ४४ करोड ७९ लाख नौ हजार , पूजीगत खर्चमा तीन अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थामा एक करोड ६८ लाख ८३ हजार रुपैया ििवनियोजन गरिएको छ ।यसैगरि आय तर्फ नेपाल सरकारबाट शसर्त अनुदानबाट ५५ करोड , प्रदेश सरकारबाट शसर्त अनुदानबाट तीन करोड , संघीय सरकारका कार्यक्रमसंग आबद्ध रकम २५ करोड ४६ लाख ७६ हजार , वैदेशीक श्रोत तर्फ विभिन्न परियोजना कार्यान्वयनका लागि दुइ अर्ब ६१ करोड ८२ लाख ९५ हजार नग विकाष कोषको पूर्व स्वीकृत ऋणबाट २३ करोड ३५ लाख २७ हजार , नेपाल सरकारको समानीकरण अनुदानबाट ४३ करोड १७ लाख , प्रदेश सरकारको समानीकरण अनुदानबाट ७७ लाख ९९ हजार , राजश्व बाँडफाँडबाट २२ करोड १८ लाख २० हजार र आन्तरिक आयमा कर , सेवा शुल्क र दस्तुरबाट ५९ करोड ५३ लाख ६० हजार रुपैया आम्दानी हुने वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ । दोश्रो नगरसभामा महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले आगामी आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको हो । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा , संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मी , नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु हजरा , बाबुराम कौशीक, पर्साका सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज शाह , प्रहरी नायव उपरिक्षक मान बहादुर राइ, कार्यकारी अधिकृत डाक्टर भीष्म कुमार भुषालको लगायतको सहभागीता रहेको थियो । यसैबिच महानगरपालीकाले महानगरपालिकाको विभिन्न क्षेत्रमा रचनात्मक कार्यगरेको व्यक्तिहरुलाइ सम्मान समेत गरेको छ ।महानगपालिकाका तिन जना कर्मचारी , बीबीसी नेपाली सेवाकी संवाददाता माधुरी महत्तो, भोजपुरी भाषाका साहित्यकार उमाशंकर द्धिवेदी र नेपाल ब्लड डोनर्स एशोसियसन पर्सालाइ पनि वीरगन्ज महानगरपालिकाले सम्मनीत गरेको छ ।