बारा १६ असार//
हिन्दू परिसद नेपाल प्रदेश न. २ द्वारा विस्व प्रसिद्ध ऐतिहासिक गढ़ीमाई मन्दिर बृहत सरसफाई गरियो। प्रदेश अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन कार्यक्रम लाई संम्बोधन गर्दै गढ़ीमाई उप-महानगर पालिकाका मेयर उपेन्द्र यादवले आफु यस भेगको समृद बिकासका लागी प्रतिबद्ध रहेको बताऊदै आफ्नो तर्फ एवं अन्य निकाय संग समन्वय सहकार्य गरी अगाडि बढ़ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ,प्रवक्ता श्रीराम उपाध्याय, केन्द्रीय सदस्यहरु चितरंजन श्रीवास्तव, रेखा साह, सल्लहकार बिनोद मित्तल लगायतकाले शुभकामना दिएका थिए।

धार्मिक एवं सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका १५ जना लाई समेत सम्मान गरिएको थियो। सम्मानित हुने हरुमा मेयर उपेन्द्र यादव,उप-मेयर तारा देवी कानू,प्रमुख प्रशासकीय अधिकृत अमिता ब्रिमचार्य, प्रहरी निरीक्षक सुरेन्द्र क्षेष्ठ, सई उदय के.सि, बड़ा न ३ का अध्यक्ष उपेन्द्र जैस्वाल,बड़ा न.७ का अध्यक्ष रामजनम यादव,मन्दिर संचालक समितिका अध्यक्ष रामचन्द्र साह, सचिव मोतीलाल खुसवहा,पत्रकार मुकेश यादव, पुजारीहरु मंगल चौधरी, शिव चौधरी, कपिलदेव चौधरी, सम्भु चौधरी,चन्द्रदेव चौधरी, उमा चौधरी,रामप्रसाद चौधरी,रामदेव चौधरीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा हिन्दू परिसद नेपाल प्रदेश न .२ को वरिष्ठ उपाध्यक्ष भरत सराफ,सचिव संदीप साह, कोषाध्यक्ष अंशु कुमार,सदस्य सरिता उपाधयाय, नारायणी अंचल अध्यक्ष हरेन्द्र बाबा,सह-कोषाध्यक्ष दीपक पटेल,पर्सा जिल्ला वरिष्ठ सल्लहकार ओम गुप्ता सहित स्थानीय,प्रहरी,गढ़ीमाई उप-महानगरपालिकाको कर्मचारी एवं हिन्दू परिसदको सदस्यहरुको सक्रिय सहभागितामा सम्पन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय