असार २० वीरगंज ।

संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले बाढी पहिरोबाट क्षति भएका पिडितहरुलाई तुरुन्त राहत दिन नेपाल सरकारसँग माग गरेको छ । आज बसेको संघिय संसदको बैठकमा बोल्दै सांसद यादवले बाढी पहिरोले मृत्यु भएका परिवारप्रति सम्बेदना प्रकट गर्दै बाढी पिडितलाई राहत र मृत्कलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका थिए ।

वीरगंज महानगरपालिकाको आद्या दर्जनभन्दा बढी वडाहरु डुबानमा परेका छन् । सिर्सिया नदी २०२१ सालमा ३ सय ५० मिटर चौडाईबाट अहिले मालपोत र नापीका भुमाफियाहरुको कारण खुम्चीएर ४०/५० मिटरमा सिमित भएको छ । अहिले त्यो सम्पुर्ण जग्गाहरु व्यक्तिको नाममा कायम भएकाले ति जग्गा छानविन गरि नेपाल सरकारको कायम गर्नुपर्ने उनले सांसदमा माग गरेका थिए ।

नदी खुम्चीएकै कारण बाढीले मितेरी पुल, रानिघाट पुल, रामघरवा पुल र सिर्सिया नदीमा पानिको बहाव कम भएर वीरगंज महानगर डुबानमा परेको छ ।

वीरगंजन महानगरपालिका अन्तर्गत ईश्वी सम्वत २०१४ मा सम्झैता भई एशियालि विकास बैकको ३ अर्बको परियोजनामा ईन्जिनियर शैलेन्द्र श्रेष्ठले ठेकेदारसँग मिलेर डिजाईन परिवर्तन गरेका कारण वीरगंजमा डुबानमा परेको सांसद यादवले बताएका थिए । सांसद प्रदिप यादवले महानगरको अर्बौको प्रोजेक्ट ईन्जिनियर श्रेष्ठका कारण डुबानमा परेकाले तुरुन्त छानविन गरि कार्वाहीको माग गरेका थिए ।

तिनदीन देखी लगातार परेको पानीले पर्सा जिल्लाको पर्सागढी नगरपालिका कक्षा नौँ मा पढ्दै गरेकी प्रतिमा कुमारी राम र ४ बस्ने सुरेन्द्र महतोको हिजो विद्यालयबाट घर जाने क्रमममा घण्टी खोलामा डुबेर मृत्यू भएको थियो ।

यस्तै आज विहान वीरगंज महानगरपालिका वडा नम्बर २४ रामघरवाका आलोक कुमार यादवको १० वर्षिय बच्चाको मृत्यु भएको छ । उनका बहिनि ८ वर्षिय प्रतिमा यादवको गम्भीर घाईते भएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय