वीरगंज २१ असार ।
वीरगंज महानगरपालिकाका निर्वाचित न्यायिक समितिका सदस्यहरुलाई शपथ ग्रहण गराईएको छ । वीरगंज महानगरपालिका अन्र्तगत न्यायिक समितिको हिजो सम्पन्न निर्वाचनमा तुफयलअख्तरले ९२ मत र बैजन्तिमाला देवीले ७६ मत ल्याई विजयी भएका थिए । वीरगंज महानगरपालिकाकी उपप्रमुख शु श्री शान्तिकार्कीले निर्वाचित दुवै जना सदस्यहरुलाई शपथ ग्रहण गराईकी छन । शपथ ग्रहण कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, उपप्रमुख शु श्री शान्ति कार्की,वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्मकुमार भुसाल,प्रशासकिय अधिकृत सुमन श्रेष्ठ,लगायत स्थानिय निकायका जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times