बारा, २२ असार ।

समाजसेवी तथा युवा विकाश नेपालका संस्थापक अध्यक्ष राजेश रौनियारले फोहर व्यवस्थापन भए नमुना गाउ“को रुपमा चिनिने बताउनु भएको छ । फोहर व्यवस्थापन भए बाराको जोतपुर गाउ“ नमुना गाउको रुपमा चिनिने बताउनु भएको हो । बाराको फेटा गाउपालिका वडा नं ५ जोतपुरमा युवा विकाश नेपालले आयोजना गरेको फोहर व्यवस्थापन सम्बन्धी तालिममा संस्थापक अध्यक्ष रौनियारले बाराको फेटा गाउपालिका भित्र पर्ने ७ वटा वडा मध्ये ५ नम्बर वडा अत्यन्तै पिछडिएको र फोहर व्यवस्थापन सम्बन्धी तालिम दिई नमुना गाउको रुपमा चिनाउने बताउनु भयो । उहा“ले स्थानियवासी चाहे केही दिनमै फेटा गाउपालिका भित्र पर्ने जोतपुर नमुना गाउको रुपमा चिनिने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा संचारकर्मी उमेश दुबेले आफु बाल्यकालदेखी नै सुन्दै र हेर्दै आएको जोतपुर गाउ“ जनसंख्याको आधारले सानोदेखी ठुलो हु“दै आएको बताउनु भयो । तर बढदै गएको संख्या पनि उस्तै पुरानो ढाचामा परिणत नहुनु अपिल गर्नुभयो । उहा“ले कार्यक्रम जति गरेपनि निर्वाह गर्ने स्थानियवासीले नै रहेको बताउनु भयो । प्रमुख अतिथि संचारकर्मी दुबेले स्थानियवासी चाहे, फोहर व्यवस्थापन गरी केही महिनामै जोतपुर गाउ“ नमुना गाउ“को रुपमा चिन्न सक्ने बनाउने दावी गर्नुभयो । फेटा गाउपालिका वडा नं। ५ का वडा अध्यक्ष अरुण मण्डलले आफ््नो वडालाई नमुना गाउ“को रुपमा बनाउनको निम्ति कुनै कसर बाकी नराख्ने बतााउनु भयो । आउने ४ बर्ष भित्र जोतपुर गाउ“ नमुना गाउको रुपमा परिणत गर्ने ठोकुवा गर्नुभयो । फोहर व्यवस्थापन, बिद्यालय, सडक निर्माण लगायतको कार्यलाई तिब्र पारिएको र आउने दिनहरुमा आफ््नो कडा परिश्रम र स्थानिय जनताको सहयोगले नमुना गाउको रुपमा चिनाउन सकिने बताउनु भयो । उहा“ले फोहर व्यवस्थापन नहु“दा स्वास्थ्यमा असर पर्न सक्ने बिरामीहरु सम्बन्धी सचेत गराउनु भयो । फोहर व्यवस्थापन कार्यक्रममा स्थानिय करिब ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय