वीरगंज ३० असार ।
वीरगंज महानगरपालिका वडा नं १२ मा महिलाहरुको सिप विकासका लागि ४५ दिने शिलाई कटाई शिपमुलक तालिम शनिबार मुर्लीमा रहेको श्री हरिहरनाथ मन्दिरको धर्मशालामा शुरु भएको छ । वीरगंज महानगरपालिकाको सहयोग र नारी शिप कला केन्द्रको आयोजनामा सुरु भएको तालिममा ३५ दलित,मधेशी,विपन्न,मुस्लीम महिलाहरुको सहभागीता रहेको छ । तालिमको उद्धघाट्न गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगींले दलित,मधेशी,विपन्न, मुस्लीम महिलाहरुका लागि तालिम ठूलो अवसर रहेकाले यसको सदुपयोग गर्नु पर्ने धारणा राखेका थिए । तालिम लिएका महिलाहरुले शिलाई गरी सकेपछि पनि समाज र परिवारमा पुर्नस्थापना हुने र सिकेको शिपले मद्दत मिल्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै वीरगंज महानगरकी उप मेयर शान्ति कार्कीले मुस्लिम समुदायले बेला बेलामा धार्मिक, शैक्षिक क्रियाकलाप तथा सिपमुलक कार्यक्रम संचालन गर्दै आएकोमा खुशि समेत व्यक्त गर्नु भयो । पहाड र हिमाल तिरका महिलाहरु सिपमुलक तालिम लिई आफनो घरबार चलाउदै आएका तर मुस्लिम समुदायले पनि तालिम संचालन घरमै सिमीत नरहोस आग्रह गर्नुभयो । महिला सशक्तिकरणमा यो प्रशिक्षण कोशेढु·ा साबित हुने वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिष्मकुमार भुषालले बताए । वीरगंज महानगरपालिका वडा नं १२ का अध्यक्ष राम दरश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगंज महानगरका मेयर विजय सरावगी, उपमेयर शान्ति कार्की, महानगरपालिकाका कार्यकारी अधिकृत डा.भिष्मकुमार भुसाल, मुखी महेता, रमेश प्रशाद कानु, नारी शिप कलाकी सचिव मंजु चालिसे लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय