बीरगंज ३२ असार ।
पर्साको बहुदरामाई नगरपालिकामा बालकको हत्या भएको विरोधमा स्थानियले आज वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका २ बैरीया पिपरा स्थित पोखरिमा डुवेको अवस्थामा फेला परेका स्थानीय शिवजी साहका ६ वर्षीय छोरा आयोग साहको हत्यारा पत्ता लगाउन दवाव स्वरुप बैरियाका वासिन्दा बीरगन्जको घण्टा घर प्रहरी विरुद्ध प्रदर्शन गरेका हुन् । ६ महिना नवित्दै बैरियामा एउटै प्रवृतीको घटनामा दुई बालकको हत्या भइसकेको छ । यस अघिपनि गत मंसिर १६ गते मृतक बालक आयोग साह का ठूलो बुबा सञ्जय साहका १० वर्षीय छोरा सुमित कुमारको पनि हत्या भएको थियो । सुमितको शवपनि पाखरीको डिलबाट बरामद भएको थियो । बैरियामा श्रृखलाबद्ध रुपमा बालक हत्याको कारण पत्ता लगाउन प्रहरी असफल भएको भन्दै स्थानिय बाध्य भएर वीरगंजमै आएर प्रदर्शन गर्नु परेको प्रदेश सभासदस्य राजेश्वर साहले बताउनु भयो । उहाले घटनाको दोषीलाई अविलम्ब कानुनी दायरा ल्याउन मांग गर्नु भयो । बैरियावासीको आन्दोलनमा प्रदेश सभा सदस्य रमेश पटेल, काग्रेस पर्सा सचिव श्याम पटेल लगायतका नेताहरुको सहभागिता रहेको छ । यसैविच उत्पन्न समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा प्रहरी प्रशासन र पिडित पक्ष विच वार्ता भई रहेको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको नेतृत्वमा भएको वार्तामा दोषीलाई पक्राउ गर्ने र बहुदरमाई गाउपालिकाको वैरिया टोलमा सुरक्षाको उचित व्यवस्था मिलाउने सम्बन्धमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय