वीरगंज १३ साउन ।
वीरगंज महानगरपालिका भित्र रहेको एैलानी जग्गा भु—माफियाहरुले व्यक्तिको नाममा नामसारी गर्ने चलखेल बढेसंगै स्थानिय जन प्रतिनिधिहरु सक्रिय भएका छन । वीरगंज महानगरपालिका वडा नं १३ मा रहेको रामजानकी मठ्ठ, करबोला, समसानघाट लगायतका सार्वजनिक जग्गा भु—माफियाहरुले माटो खसाली प्लटिड्ड गर्न खोज्दा स्थानियहरुले बिरोध गरेपछि भु—माफियाहरु अहिले फरार भएका छन । भु—माफियाहरुबाट एैलानी र सार्वजनिक जग्गा बचाउन स्थानियहरुले संरक्षण समिति गठन गरेका छन । स्थानियहरुले मुर्ली, श्रीपुर, राधेमाई, पण्डित टोला, रामगढवा,सबैठवा,पर्सौनी र भवानीपुर गाउबाट पाच“ पाच“ जनागरी संरक्षण समिति बनाईएको वीरगंज महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष तुफान अन्सारीले जानकारी दिनु भयो ।सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्नेहरुलाई कुनैपनि हालतमा नछाडने स्थानियहरुले प्रण गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times