वीरगन्ज २१ सावन
विभिन्न पाँच बुन्दे निर्णय सहित वीरगन्ज महानगरपालिका वडा नम्बर १९ हाल १६ नगवामा रहेको श्री बौद्धीमाई मन्दिर क्षेत्र विकास संचालक समितिको बैठक सोमबार सम्पन्न भएको छ । वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाले आफनो मनोमानी ढंगले र पूर्वाग्रही रुपले बौद्धीमाई मन्दिर क्षेत्र विकास संचालक समितिको मातहातमा रहेको नगवा हाट बजार व्यवस्थापन समिति र सामुदायिक धर्मशाला समिति समेतलाई विघटन गरेको प्रति आपत्ति जनाउदै समितिले विभिन्न पाच बुन्दे निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा कानुन सम्बत रुपमा मिति २०६८÷०६९ मा दर्ता १५९९ मा दर्ता रहेको बैधानिक संस्थाका संचालक समितिको सदस्यहरुलाई हटाउने गरी आफनो पदीय दुरुपयोग गरी अनुचित कार्यको निर्णयको घोर भत्र्सना समेत बैठकले गरेको हो ।
वडा अध्यक्ष चौरसियाले बौद्धीमाई पोखरीको सार्वजनिक जग्गा आफनो आसेपासेका व्यक्ति मार्फत अतिक्रमण गराउन खोज्दा बौद्धीमाई मन्दिर क्षेत्र विकास समितिका पदाधिकारीले विरोध गरेपछि समिति विघटन गर्न गरेकोे समितिका पदाधिकारीले आरोप लगाएका हुन ।
समिति निश्कृय होईन सकृय छ समितिका अध्यक्ष रामआधार चौरसियाले भने बौद्धीमाई समिति नविकरण गर्न वडा अध्यक्ष स्वयले २०७५ सावन ७ गते हस्ताक्षर सहित सिफारिस गरेको लेटर हामीसंग छ भोली जिल्ला प्रशासन कार्यालयमा बुझाई नविकरण गर्ने छौ । समिति निश्कृय भएको भए वडा अध्यक्ष चौरसियाले किन सिफारिस गरेका हुन उनले भने वडा अध्यक्षले वडामा आएको बजेट दुरुपयोग गर्न खोजेको र समितिले विरोध गर्दा समितिको पदाधिकारीहरुलाई हटाउन खोजेका हुन ।
प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले बौद्धीमाई पोखरीलाई मास्टर प्लानिङ्ग गरी सुविधायुक्त पार्क बनाउन तत्काल करोडौं रकम छुट्याएका छन । पार्क निर्माण गर्न अघि बौद्धीमाईको सार्वजनिक जग्गा छुट्याउन खटेका वीरगन्ज महानगरपालिकाका अमिन प्रमोद यादव लगायतको टोलीले सार्वजनिक पोखरीको नापनक्सा अनुसार नाप्न जादा अतिक्रमित जग्गालाई वडा अध्यक्ष चौरसियाले नछुट्याएपछि आफूहरु विरोध गर्दा समितिनै विघटन गरी समितिका पदाधिकारीलाई पाखा लगाउने खेलमा लागेको समितिका अध्यक्ष चौरसियाले बताए ।
बैठकमा उनले भने बौद्धीमाई पोखरीको गुरु योजना बनाउन अघि केहि व्यक्तिले पोखरीको डिल अतिक्रमित गरी निर्माण गरेको पक्की घर भत्काई अतिक्रमण हटाउनु पर्ने वडा अध्यक्ष चौरसियालाई सुझाव दिदा उल्टै समितिका पदाधिकारी माथि नै खनिएका थिए । सार्वजनिक पोखरीको जग्गा अतिक्रमण गर्ने व्यक्ति वडा अध्यक्ष चौरसियाकै आसेपासे रहेको र हाल उनको सम्पूर्ण ठेक्कापट्टाको काम हेर्ने गरेकोले अतिक्रमित जग्गा खाली गर्न नमानेपछि समिति त्यसको विरोधमा उत्रेका थिए ।
वडा अध्यक्ष चौरसियाको गैरकानुनि गतिविधिको विरोधमा लागेपछि उनी समितिनै विघटन गर्न विभिन्न खालको षडयन्त्ररचि समितिका पदाधिकारीलाई बदनाम गर्न खोजेको समितिका उपाध्यक्ष अशोक पटेलले बताए । गत १९ गते शनिबारका दिन बौद्धीमाई प्राङ्गनमा समाजका केहि व्यक्तिलाई भेला गराई बौद्धीमाई समिति निश्कृय रहेको भनि भ्रमित पारेर समितिनै विघटन गर्नुपर्ने भनि रायसुझाव संकलन गरी संकलित हस्ताक्षरको दुरुपयोग गर्न खोजेको समितिले आरोप लगाएको छ ।
बैठकले यहि भदौ ८ र ९ गते समितिको साधारण सभा गर्ने, भदौ १ गते सम्म नया सदस्यता वितरण गर्ने, सधारण सभामा लाग्ने खर्च समितिले नै व्यवहोर्ने, साधाराण सभा नहुनजेल प्रत्येक दिन विहान समितिको नियमित बैठक बस्ने लगायत पाच बुन्दे निर्णय बैठकले गरेको हो । बैठकमा समितिका उपाध्यक्ष द्वय अशोक पटेल, विनोद चौरसिया, कोषाध्यक्ष बाबुनन्द चौरसिया, सचिव संजय कुमार कुर्मी, सह सचिव नवल किशोर चौरसिया, सदस्यहरुमा मुन्ना साह, शिव प्रसाद कोईरी, उमेश गिरी, रविन्द्र श्रीवास्तव, रविन्द्र यादव र हरीनारायण साह कानु रहेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times