ओम प्रकाश सर्राफ

बिरगंज ।

तराइ मधेसमा किसानी (कृषि) र किसानको अवस्था दयनीय छ।तर मैदनी भूगोलमा कृषि नै यहाँका जनता र सरकारका मुख्य सामर्थ्य रहेको छ् ।स्थानीय सामर्थ्यको सहि पहिचान र त्यसको अधिकतम सदुपयोग नै उक्त ठाउँको समृद्धिको असली साचो हो।
किसानका समस्याहरु:-
चर्को ब्याज दरमा ऋण लिइ खेती/किसानी गर्दा गर्दै बाली भित्रयाउने बेला सम्म उब्जिएको बालिको 75% साहुलाई भुक्तान गर्नु पर्ने बाध्यता रहेको छ।
मल-खाद सहुलियत दरमा सरल रुपले उपलब्ध गराउन असमर्थ छ।उक्त मल-खादको लागी यहाँका किसान सिमा पारी बाट एक दुई बोरा भित्रयाउदा पनि भारतीय SSB(सिमा ससत्र बल) र नेपाल प्रहरी एवं ससत्र प्रहरीको लाठी खानु पर्ने वा दुव्र्यवहार सहनु पर्ने बाध्यता छ।आखिर घर-परिवार/बाल बच्चाको पेटको सवाल छ।
सिचाइको ब्यवस्था राम भरोसे रहेको छ।अर्थात समयमा वर्षात भयो भने बाली राम्रो फस्टाउने यदि बर्षात समय अनुकुल भएन भने साहुको ऋण अर्को साल सम्म दोब्बर हुने निश्चिति छ,घर-परिवारलाई दुई छाक टार्ने धौ धौ पर्ने अवस्था सृजना हुन्छ।
सिचाइको लागी सरकारि नहरको परियोजना वा सुबिधा नगन्य मात्रामा छ।बिधुतिय सिचाइ प्रणालीको लागी सरकार वा अन्य निकाय काम गर्न सकेको छैन।सिचाइका अन्य बैकल्पिक माध्यमको बिकासमा सम्बन्धि निकायको निति कार्यक्रम मौन छ।
बिउ/बिजनको गुणस्तरीयताको ग्यारेन्टी छैन।गाउँ तिर खेती पातीमा प्राबिधिकको रुपमा जेटिए वा अन्य जनशक्ति खटाएको कुरा किसानहरु कहिले काहीं सन्चार माध्यमबाट मात्र थाह पाउछ तर प्रत्यक्ष भेटनलाई देवता भेटे हुन्छ।कृषि बिकास बैंक छ तर त्यसलाई खाली पुरानो ग्राहक सङ प्रेम छ र त्यो पनि केहि प्रतिशत नजराना नचाढाइ ऋण पाउदैन।तर बिडम्बना यो छ कि त्यही खेती योग्य जग्गालाई किसानीको अस्तित्व समाप्त पार्ने गरि पलटिङ गरि बेच बिखिन गर्नेलाई बितिय संस्थहरु ऋण उपलब्ध गराउन उद्द्त हुन्छन्।
सरकार वा विभिन्न संस्थाहरुबाट प्राप्त हुने तालीम वा अन्य सब्सिडिका कुराहरु केहि फेक र रेडिमेड किसान(माफिया)ले त्यसको बजेट झ्वाम पारी असली लक्षित वर्गलाई सो लाभ बाट बन्चित बनाउछ।बीउ,बिजन,मल खाध एवं सिचाइको अभावमा धेरै खेती योग्य जग्गा बाझै हुनु पर्ने पनि कहाली लाग्दो अवस्था छ।खेतिपाती फस्टाउन जति लागत लाग्ने गर्दछ त्यो अनुसारको मुल्य एवं बाजारको उपलब्धता नहुनुले किसानहरु दिनप्रतिदिन गरिब हुँदै गइरहेको अवस्था छ।
संघीयता पछि प्रदेश सरकारले माटो सुहाउँदो प्रादेशिक कृषि निति बनाउछ अनि किसानहरुको काया पलट हुन्छ भने बिश्वास गरिएको छ।तर सरकारका मुखिया एवं अन्य सरोकार वाला केन्द्रिय सरकारलाई दोष थुपार्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोजी रहेको देखिन्छ।प्रदेश सरकार संग निश्चिति रुपमा चुनौती र अवसर दुइटै छ।किसानहरूको समस्या सम्बोधन गर्न सके” खुसी किसान समृद्ध मधेस”को नयाँ नारा स्थापित हुने छ।
किसानीको लागी सिचाइ,बीउ बिजन,मल-खाद्,उचित तालिम,प्राविधिक सहयोग,सहुलियत ऋण,उचित बजार ब्यवस्थापन,उत्कृष्ट किसानलाई प्रोत्साहन,आधुनिक एवं ब्यवसायिक खेतीलाई प्राथमिकतामा राखी निति बनाइ कार्वान्यन पक्ष दुरुस्त भयो भने तराई /मधेस आफैंमा अन्य भूगोल भन्दा समृद्ध एवं आत्म निर्भर हुन सक्छ।यसरी कृषि क्षेत्रको बिकासमा आवरणमा लाखौं युवा रोजगार प्राप्त गर्छन् र यसले ग्राहस्थ उत्पादन र प्रति ब्यक्ति आयमा सकारात्मक असर पर्छ ।किसानले उब्जाएका अन्न बालीको लागी बजार र मुल्यको लागी सरकार ले ठोस पहल गर्नु पर्ने देखिन्छ।
सबैले यो बुझ्न् जरुरी छ कि तराई मधेसलाई नजरअन्दाज गरि ना यो मुलुकमा समृद्धि सम्भव छ ना दिगो शान्ति सम्भव छ।तराई मधेसलाई इङेज गर्ने यहाँको सर्वाङिन बिकास अपरिहार्य सर्त हो।तराई मधेसको बिकास र समृद्धिको लागी यहाँका नब्बे प्रतिशत जनताको आय आर्जन एवं जिवकोपार्जनको मुख्य श्रोत किसानिको समस्या सम्बोधन हुनु पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय