बिरगंज ३ भदौ । बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवाको भुटनदेबिमाइ  पोखरीमा डुबेर आइतबार एक पुरुषको ज्यान गएको छ । पहिचान खुल्ल नसेका ति ब्यक्तिलाइ पोखरीमा डुबिरहेको अवस्थामा देखेपछि २(३ जना युवाले उद्दार गरे पनि ज्यान बचाउन सकेन । अन्दाजी ३ बजेको समयमा निलो पाइन्ट, सेतो र कालो धर्को भएको सर्ट लगाएका ति ब्यक्ति पोखरीमा डुबि रहेको अवस्थामा पोखरीमै नुहाइ रहेका नगवा गाउकै  २(३ जना युवाले तत्काल उद्दार गरेको प्रत्यक्ष दर्शि एक बालक प्रशान्त यादवले बताए  । पोखरी बाट निकाल्दा छटपटाइ रहेको देख्दा स्थानिय युवाहरु प्रहरीलाइ खबर गरेका थिए । मृतको मुखबाट फिज समेत निस्केको छ । अहिले सम्म मृतकको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय नगवाका  प्रहरी नायब निरीक्षक प्रदिप चौधरीको नेतृत्वमा रहेको घटना स्थल पुग्दा  त्यो ब्यक्तिको ज्यान गइ सकेको थियो । घटना बारे अनुसन्धान भइ रहेको प्रहरी नायब निरीक्षक चौधरीले बताए । उनले भने ज्यान गुमाएका ब्यक्तीको पुरै शरिर पानीले भिझेको थियो प्रारम्भिक अनुसन्धान गर्दा मदिरा सेवन गरि पोखरीमा खसेको हुन सक्ने अनुमान प्रहरीले जगाएको छ । अन्दाजी ४० बर्षिय रहेका मृतकको खल्ती खान तलाश गर्दा प्रेसर कुकरको पार्टपुर्जा खरिद गरिएको बिल फेला परेको छ । वडा  प्रहरी कार्यालय बिर्ताबाट आएको टोलिले घटना स्थलको मुचुल्का उठाइ सके पछि शवलाइ नारायणी उपक्षेत्रीय अस्पतालमा पठाउने प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय