उमेश दुबे
बारा, ९ भदौ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा बाराको कचोर्वाबाट कपडा र सुख्खाको तस्करी कार्य तिब्र रुपले बढेको छ । प्रहरी चौकी कचोर्वा, इलाका प्रहरी कार्यालय सिम्रौणगढ र बि.ओ.पी गोलागंजको मिलोमतोमा तस्करी कार्य तिब्र रुपले बढेको हो ।
बारा र रौतहट जिल्लाको सीमा प्रयोग गर्दै तस्करी कार्य तिब्र रुपले बढेको छ । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक मिरा चौधरीको आगमन संगै बन्द रहेको नाका हालको समयमा प्रहरीकै सहयोगमा कचोर्वा नाका खुल्ला भएको बुझिन्छ । जिल्ला प्रहरी कार्यालय बाराबाट अपराधि गतिविधि नियन्त्रण र तस्करीलाई रोक्नको निम्ति शादा पोशाकमा प्रहरी परिचालन गरिएको छ तर कार्य चाही आर्थिक संकलन रहेको बुझिन्छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले आफ्नो कार्यकालमा कुनैपनि किसिमको तस्करी वा अपराधि गतिविधि हुन नदिने बताएपनि प्रहरी उपरीक्षक चौधरीको आदेशलाई केही चौकीका इन्चार्जहरुले धज्जि उडाउदै हिडेको पाइएको छ । प्रहरी चौकी कचोर्वाका प्रहरी सहायक निरीक्षकले आफ्नो मनोमानी तरिकाले रातिको समयमा केही मोटो रकमको प्रलोभनमा परी प्रति दिन लाखौ लाखको कपडा अवैध तरिकाले नेपाल भित्रयाउनमा सहयोग गरेको पाइएको छ । तस्करहरु स्थानिय प्रहरी, जिल्ला प्रहरी कार्यालय बाराबाट क्राइमको नाममा खटिएका प्रहरीहरुलाई मोटो रकमको नजराना बुझाए पश्चात सजिलै तस्करी गर्न भ्याइरहेको श्रोतले जनाए्रको छ ।
श्रोतले जनाए अनुसार बाराको कचोर्वा नाका खोलिनु भनेको स्थानिय प्रहरी, जिल्ला प्रहरी मात्रै सहयोग नगरी त्यस भन्दा पनि माथिल्लो निकायको आदेशले तस्करी गराउनु परेको एक जना प्रहरी श्रोतको दावी रहेको छ । स्वक्छ छवि भएका नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खन्नालका एक जना नजिकि प्रहरी नायब निरीक्षकले तस्करी वापत रकम उठाउनको निम्ति ३ जना प्रहरीलाई खटाइएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार सोही नायब निरीक्षकको आदेशले कचोर्वा नाकाबाट तस्करी गराउनु परेको बाध्यता भएको प्रहरी श्रोतको भनाई रहेको छ ।
त्यस्तै मध्यक्षेत्रिय सशस्त्र प्रहरी कार्यालय पथलैयाका डिआईजी कबिन्द्रमान श्रेष्ठले बारा, पर्सा लगायत विभिन्न जिल्लाहरुबाट महिनावारी वापत लाखौ लाख रकम उठाउन सफल भएपनि हालको समयमा बारा जिल्लाबाट केही तस्करहरुले समयमा रकम नदिदा बहुलाएको समेत हेरिन थालेको छ । बिशेष श्रोतका अनुसार बाराका एक जना नामुद तस्करले मटरको महिनवारी बुझाई मरिच लग्दै गरेको सूचनाको आधारमा एक ट्रयाक्टर मरिच पक्राउ गर्न सफल भएको बताइएको छ । डिआईजी श्रेष्ठले बारामा कडा रुपले चेकजाच गर्न निर्देशन दिनु भएको छ भने पर्साका तस्करहरु संग साटगाठ गर्नको निम्ति पर्साका एक जना शादा पोशाकको टोली समेत खटाइएको श्रोतको दावी रहेको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संगठनहरु, आफ्नो काम र पेशा प्रति इमन्दार भए नेपाली जनता र नेपालको राजस्वमा कहिल्यै कमी आउने थिएन्न तर प्रहरीहरु नै आफ्नो वर्दीको आडमा कमाई खाने भाडो बनाए पश्चात अरुको कुरा के गर्ने ? हालसम्मकै स—भन्दा इमन्दारको संज्ञा दिने आईजीपी सर्वेन्द्र खनालकै आसेपासेहरु जब घुमुवाहरु परिचालन गरी रकम उठाउन थालेपछि जिल्लाको कुरा के गर्ने । जिल्ला प्रहरी कार्यालय बारामा घुमुवा, जिल्ला प्रहरी कार्यालय पर्सामा घुमुवा देखी लिएर प्रहरी प्रधान कार्यालयसम्म घुमुवा राख्नु तर तस्करी नरोकिनु तलदेखी माथिल्लो निकायसम्मको सेटिङ रहेको बुझिदैन र ? तसर्थ ः आफ्नो पद र आफ्नो नाममा कमाई खाने भाडो बनाएका प्रहरीहरुलाई कानुनको दायरामा ल्याउनको निम्ति माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय