वीरगंज,२९ भदौ/
पर्सा क्षेेेेत्र नं. १ का सांसद प्रदीप यादवले नाउक्ष्ँे अस्पताल वीरगंजलाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेका छन् । अस्पतालमा आउने सर्वसाधारण बिरामीहरुको सुविधाको लागि स्वास्थ्य मन्त्रालयबाट अनुदानमा पाएको करिब रु १० लाख मूल्य बराबरको एम्बुलेन्स आज एक समारोहबीच अस्पतालका मेसु डा. ऐनामुल हकलाई हस्तान्तरण गरेका थिए ।
एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद यादवले भने– वीर अस्पतालस“गै जन्मेको मोफसलको पुरानो अस्पतालको अवस्था दयनीय छ, राज्यद्वारा उपेक्षित यस अस्पतालको भौतिक संरचना र सेवा प्रभावकारी बनाउन सबै प्रकारको पहल र कार्य गर्न तयार छु । चा“डै यस विषयमा वीरगंजका अगुवाहरुस“ग छलफल गरी स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसमक्ष डेलिगेसन लिएर जानेछु ।
नाउक्ष्ँेमा शैयाको सङ्ख्या पनि वृद्धि गर्नुपर्ने र प्रदेश नं. २ को नमूना अस्पताल र शिक्ष्ँण अस्पतालको रुपमा विकसित गर्न स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य मन्त्रालयले आश्वासन दिएको छ ।
सो अवसरमा जिल्ला समन्वय समिति, पर्साका सभापति नेक महम्मद अन्सारी, नेपाल स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालेश्वर यादव, प्रदेश सांसद करिमा बेगम, फोरम पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मी, नगर अध्यक्ष ईश्वर यादव,  जिल्ला सह-सचिव  मुकेश द्विवेदी, तबरेज अहमद, वडाध्यक्ष्ँ तुफान फारुक अन्सारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय