नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर २ को आयोजनामा वीरगंजमा प्रथम पटक प्रदेशस्तरीय जुनियर तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । तेक्वान्दो संघले वीरगजमा पत्रकार सम्मेलनको आयोजनामा गरी आगामी असोज १२ गते बाट शूरु हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । नेपाल तेक्वान्दो संघका प्रदेश नम्बर २ का अध्यक्ष राजेशमान सिंहले वीरगंजको कबडहलमा हुने प्रतियोगितामा प्रदेश नम्बर २ का ८ वटा जिल्लाका १४ वर्ष मुनिका १२० जना प्रतियोगिहरुविच प्रतिस्पर्धा हुने बताए ।तेक्वान्दो प्रतियोगतामा महिला तर्फ ३०, ३३, ३६ र ४० केजी गरी ४ समुहमा ३० जनाविच प्रतिस्पर्धा हुने तथा पुरुष तर्फ २० केजी देखी ४५ केजी सम्मको १० वटा समुहमा ९० जना विच प्रतिस्पर्धा हुने संघका जिल्ला अध्यक्ष गणेशमान श्रेष्ठले बताएका छन्।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times