बीरगंज १२ असोज ।
‘हरित प्रदेश अभियान’ अन्र्तगत आज पर्साको पर्सागढी गाउँपालिकास्थित सबैया साझेदारी वनमा बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले हरित प्रदेश अभियान’ देखावटी नभएर प्रदेशको पहिचान बनाउने अभियान रहेको बताए। मुख्यमन्त्री राउतले चुरेको संरक्षणमामानै प्रदेश नम्बर २ को समृद्धि जोडीएको हुदा चुरे संरक्षण अभियान र बृक्षारोपणमा प्रदेश सरकारले आफ्नो दायित्व पुरा गर्न लागेको बताए। उहाले निजगढ विमानस्थलको नाममा मधेसलाई मरुभूमि बनाउन नदिने भन्दै विमानस्थलको डीपीआर नबनेसम्म प्रदेश सरकारले रुख काटन नदिने र डीपीआर तयार नगरी रुख काट्न खोज्नेलाई माफियाको संज्ञा पनि दिए । प्रदेश नम्बर २ सरकारले आज प्रदेशका बिभिन्न ८ जिल्लामा ५० हजार बिरुवा रोपेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालको नेतृत्वको टोलीले बाराको फेटा गाउँपालिका स्थित खैरातीमाइ समुदायिक वनमा बृक्षारोपण गरेको छ भने रौतहटको दाबरी रंगपुर साझेदारी वन चन्द्रपुर ६ मा राज्यमन्त्री योगेन्द्र राय यादव, सर्लाहीमा उद्योगमन्त्री रामनरेश राय, महोत्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, धनुषामा आन्तरिक मामिला तथगा कानून मन्त्री ज्ञानेन्द्र यादव, सिरहामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र सप्तरीमा राज्य मन्त्री उषा यादवको नेतृत्वमा बृक्षारोपण गरिएको मुख्य मन्त्रिका स्विकीय सचिव दिपक यादवले बताए । प्रदेशका ८ जिल्लामा ८/८ हजार बिरुवा रोपिएको छ । प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा समेटेको ‘हरित प्रदेश योजना’ कार्यान्वयनका क्रममा असोज १२ गते एकै दिन प्रदेशभरीमा ५० हजार बिरुवा रोप्ने निर्णय गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times