पर्साको वीरगंज महानगरपालिका २ छपकैयास्थित घरमा सुतिरहेका बेला मदनप्रसाद साह माथि एकाबिहानै गोली प्रहार गरिएको छ । उनलाई लक्षित गरि ४ राउण्ड गोली प्रहर गरिएतापनि गोली नलागेकाले साह सकुशल रहेका छन् । उनि बस्दै आएका घरको भेन्टिलेसनबाट टेबुलमा चढी भित्र हात छिराई सुतिरहेका समयमा गोलि प्रहार गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए । ५८ वर्षीय साह भारत पूर्वीचम्पारण घोडासन ठानास्थित कस्वाकदम्वा निवासी भई हाल कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत छन् । उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन ।घरायसी रिसिईबीका कारण गोली चलाइएको प्रहरीको अनुमान छ । घटनास्थल नेपाल भारत दशगजा क्षेत्र नजिकैरहेकोले गोली हाल्ने व्यक्ति भारततर्फ नै भागेको हुन सक्ने प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।पछिल्लो दिनमा सिमा नजिक यस्ता घटनाहरु हुने क्रम बढेको पाइएको छ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times