जनकपुरधाम, असोज १३ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
धनुषा चेम्वर अफ कमर्सको प्रथम कार्यसमितिको सपथग्रहण समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीहरुको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताहरुको सुरक्षाका लागि लगानीमैत्री वातावरण बनाउन आफुहरु तैयार रहेको बताउनु भयो ।
प्रदेशलाई समृद्ध बनाउन सबैपक्षको उतिकै सहयोग आवश्यक रहेको उल्लेख गर्नु हुँदै उहाँले उद्योगी व्यवसायीहरुलाई प्रदेश नं. २ को उद्योग धन्धामा लगानी गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘ तपाईहरुको सहयोग विना प्रदेशलाई समृद्ध बनाउनु सकिदैन, त्यसैले तपाई सहयोग गर्नुस, उद्योग धन्धा यस प्रदेशमा शुरु गर्नु वातावरण हामी बनाउछौ, तपाईको लगानीको सुरक्षा हामी दिन्छौ ।
असोज १९ गते सिमरामा लगानीकर्ताहरुको विशेष भेला प्रदेश सरकारले गर्न लागेको जानकारी गराउनु हुँदै उहाँले उक्त भेलाबाट औद्योगिक विकासका लागि प्राप्त हुने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनु भयो ।
विकास र समृद्धिको लागि सबै पक्षमा साकारात्मक सोच आवश्यक रहेको जिकीर गर्नु हुँदै उहाँले समाजमा सकारात्मक सोचको विकासका लागि संचारकर्मीहरुलाई विशेष भूमिका खेल्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो,‘ हामी अहिले पनि हत्या, अपराधकै समाचारमा रमाई रहेका छौ, संचारकर्मी मित्रहरुले यसमा भूमिका खेल्नु पर्छ, साकारात्मक कुराहरुमा सबैको ध्यान आकर्षित गर्नु पर्दछ ।
धनुषा चेम्वर्स अफ कमर्शका अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा भएको समारोहमा उद्योग , पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश राय, जनकपुरमा उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय