नेपाली राष्ट्रिय टोली बंगबन्धु वर्ल्डकप २०१८ खेल्न बंगलादेश पुगेको छ।
सोमवार बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई बंगलादेशको ढाका स्थित नेपाल मेडीकल वेलफेयर सोसाईटीले भव्यताका साथ् स्वागत गरेको थियो। बंगलादेशको सिलेटमा फुटबल टिमलाई स्वागत गर्दै सोसाईटीका समीर श्रीवास्तावले स्वागत गर्दै भनेका थिए,” हामी हाम्रो राष्ट्रिय गौरव बढाउने फुटबल टोलीले यहाँ राम्रो पर्दशन गरोस् र हामी टोली जितेको खुशी मनाउन आतुर छौं। ”
राष्ट्रिय टोलीका प्रशिक्षक बालकृष्ण महर्जनले सोसाईटीलाई स्वागतका लागि धन्यवाद दिंदै उत्कृष्ट खेल्न मैदानमा उत्रिन टिम तयार रहेको र यसका लागि भरपुर अभ्यास गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय