बीरगंज १६ असोज ।
पुष मसान्त भित्र निर्माण सम्पन्न हुनु पर्ने बीरगंज–पथलैया औद्योगिक करिडोर ६ लेन सडक तोकिएको समय अवधिभित्र नबन्ने पक्का भएको छ । ब्यापारिक मार्ग निर्माणमा लागेका ठेकेदार कम्पनिहरुको लापरवाहीको कारण सडक तोकिएकै समयमा निर्माण सम्पन्न नहुने भएको हो । बीरगंज–पथलैया ब्यापारिक मार्ग परियोजना अन्तर्गत ४ वटा निर्माण कम्पनीहरुले ६ लेनको सडक निर्माणको जिम्मा लिएका थिए । जसमध्ये २ वटा निर्माण कम्पनीले कामको शुरुवात गरेपनि अन्य दुई कम्पनिले कामै शुरु नगरेको कारण समय सिमा भित्र निर्माण सम्पन्न नहुने सडक विभागले जनाएको छ । पुष मसान्त सम्म निर्माण सम्पन्न नहुने भएपछि परियोजनाको म्याद ६ महिना थप हुने निश्चित बनेको छ । काम नगरेका ठेकेदार कम्पनिलाई कारवाही गर्ने योजना सडक विभागले बनाएको छ । व्यापारिक मार्ग विस्तार योजना पथलैया–वीरगन्ज ६ लेन सडक पथलैयादेखि जितपुर र नितनपुरका केही भागमा मात्र काम भएको छ भने अन्य भागको काम अधुरो रहेको छ । सडक विस्तारका लागि ३० महिनाको समयसीमा तोके पनि जितपुरको घनाबस्ती, आरक्षको वन, ससना बजार, मुआब्जा वितरण र ठेकेदारको लापरबाहीका कारण सडक निर्माणको काम ६ महिना बढि ढिलो हुने पथलैया–वीरगन्ज व्यापारिक मार्ग विस्तार योजना पथलैयाले जनाएको छ । तीन अर्ब २७ करोडको लागतमा पथलैया–वीरगन्ज २७ किमि सडक निर्माण थालिएको यो योजना प्रतिकम्पनी झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्र्ने गरी जिम्मा दिइएको थियो । हाल सम्म लगभग ४० प्रतिशत काममात्रै सम्पन्न भएको जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने ११ सय मिटर वन क्षेत्र खाली गराउन नसक्दा पनि काम प्रभावित भएको व्यापारिक मार्ग परियोजनाका इन्जिनियर शौम्या आनन्दले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times