बीरगंज १६ असोज ।
पर्साको हुलाकी राजमार्ग निर्माणमा काम गर्ने मजदुरहरुले महिनौदेखि ज्याला नपाएका गुनासो गरेका छन । ज्यालादारीको काम गरेका मजदुरहरुलाई रकम नै बितरण गरी ठेकेदार फरार भएको आरोप मजदुरहरुले लगाएका छन् । जिराभवानी गाउपालिका वडा नं १ चमरीहोलदेखि ठोरीको चौतारा सम्मको सडक निर्माण गर्ने जिम्मा पाएका बानिया जे भी कम्पनीले सडकखण्डमा परेका कल्भर्ट निर्माणका लागि सरस्वती कन्स्ट्रक्शनलाई दिएको थियो । सरस्वती कन्स्ट्रक्शनका संचालक मनोज सिंग्देलले रकम नै नदिई फरार भएको ठोरी गाउपालिका वडा नं ३ बम्हनगर निवासी उमेश साहले बताउनुभएको छ । २०७४ फाल्गुनदेखि आफूहरुले काम गरेको तर एक पटक पनि ज्याला नपाएका हुदा बिहान बेलुका छाक टार्न निकै कठिनाई भएको साहले बताउनु भएको छ । त्यस्तै बर्ह्मानगर कै शर्मिला श्रेष्ठका अनुसार काम गरे वापत केही रकम पाएपनि ३० हजार रुपैया लिन बाकी रहेको ठेकेदार सम्पर्कमा नआउँदा आउँदो दशै कसरी मनाउने भन्ने चिन्ता आफूलाई परेको बताउनु भयो । सिंग्देलले निर्माण कार्यका लागि बिभिन्न स्थानमा रहेका किराना पसल, खाजा पसल तथा हार्डवेयर पसलहरूमा समेत लाखौ रुपैया तिर्न बाकी रहेको व्यवसायिहरुले गुनासो गरेका छन् । हुलाकी सडक अन्तर्गत ठोरी ३ रामनगर खोलाको पुल निर्माणको जिम्मा पाएका बि टी शिवराम जे भी ले पुल निर्माण नै नगरी एक बर्ष देखि नै सम्पर्क विहिन भएको छ । सो पुल निर्माणका जिम्मेवारी समेत सरस्वती कन्स्ट्रक्शनले पाएको छ । पुल निर्माणमा खर्च भएका सिमेन्ट तथा डण्डीको सत्र लाख पचास हजार रुपैया बाकी रहेका ठोरी ४ बिजयबस्तीका व्यवसायि लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस सम्बन्धमा सरस्वती कन्स्ट्रक्शनका संचालक मनोज सिंग्देलले आफू फरार नभएको र मजदुरहरुलाई समय समयमा ज्याला उपलब्ध गराएको दावी गर्दै असार देखि भदौ महिनासम्म पानी पर्ने समय भएकाले काम बन्द गरी बाहिर गएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय