बीरगंज १६ असोज ।
लागूऔषध नियन्त्रण ब्यूरोले २ सय ९५ किलो ग्राम अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अमलेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी छन् । ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको आधारमा खटिएको ब्यूरोको टोलीले आज बिहान ठकुरीलाई मकवानपुरबाट पक्राउ गरेको हो । ठकुरी इन्धन ट्याङ्करका चालक हुन् । पोखरेलका अनुसार उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए । ‘मकवानपुरबाटै त्यो गाँजा पठाइएको खुलेको छ । प्रहरीले रक्सौलमा रिसिभ गर्ने व्यक्तिको पनि पहिचान भएको र आफूहरुले पक्राउ परेका व्यक्ति र बरामद गाँजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाएको एसएसपी पोखरेलले जानकारी दिनुभयो । पेट्रोल ट्याङ्करमा रहेको ५ वटा चेम्बर मध्ये २ वटा चेम्बरहरुमा प्लाष्टिकले बाँधेको २२ वटा पोकामा गाँजा राखेर मकवानपुरबाट वीरगंज हुदै रक्सौल लैजान लागेको अवस्थामा बरामद भएको र त्यसको बजार मुल्य अन्दाजी ४५ लाख बराबर रहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय