जनकपुरधाम , असोज १७ । मुख्यमन्त्री लालबाबु राउतले शिक्षामा पछाडी परेका मुस्लिम समुदायलाई राज्यको मुल धारमा ल्याउन प्रदेश सरकारले मदर्शा बोर्ड गठन गर्न लागेको बताउनु भएको छ ।
सर्लाहीको हरिवनमा बुधबार मदर्शा अर्गनाईजेशन अफ नेपालले आयोजना गरेको प्रदेश स्तरिय भेलामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले राज्यकै विभेदका कारण शिक्षामा पहुँच बनाउन नसकेका मुस्लिम समुदायको बालबालिकाको भविष्य सुनिश्चित गर्न मदर्शा बोर्ड कोशे ढूंगा सावित हुने दावी गर्नु भयो ।
उहाँले भन्नु भयो ,‘ गरिवीका रेखा मुनि रहेको मुस्लिम समुदायका बालबालिका विद्यालय जान नसकेको र मदर्शामा अध्ययन गर्दै आएका बालबालिकाले सरकारी मान्यता नपाएका कारण शिक्षामा पछाडी परेको छ। त्यसलाई अन्त्य गर्न हामी मदर्शा बोर्ड गठन गर्न लागेका छौ ।’
मुख्यमन्त्री राउतले मदर्शा बोर्डको गठन पछि मदर्शामा पढने बालबालिकाले समेत सरकारी मान्यता पाउने र सरकारी जागिरमा समेत जाने व्यवस्था प्रदेश सरकारले गर्न लागेको बताउनु भयो । उहाँले बोर्डको गठन पछि मदर्शाहरुमा इस्लामिक शिक्षाका साथ साथै व्यवहारिक शिक्षा समेत प्रदान गरिने उल्लेख गर्नु भयो ।
विगतमा राज्यले गर्दै आएको विभेदका कारण मुस्लिम समुदाय पछि परे पनि अगामी दिनमा मुलुकको सबै समुदायले समान अवसर पाउनु पर्नेमा आफुहरु दृढ रहेको उल्लेख गर्नु भयो ।
ईश्लामिक तालिम र मदर्शामा पढेकालाई पछुतो नहोस् भनेर सामुदायिक विद्यालय जस्तै मान्यता दिइने उहाँले बताउनु भयो । मदर्शा बोर्ड बिधेयक सदनमा पेश भएकाले अब मुश्लिम समुदायले उठाएका मागहरु अक्षरसः पालना हुने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो । भेलामा सर्लाही सहित पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका मुश्लिम अगुवा हरुको सहभागिता रहेको थियो । हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष महबुव रेजाको अध्यक्षतामा सम्पन्न भेलामा संघिय संसद रुहि नाज, प्रदेश सभा सदस्य फुलबाबु शेष, मुश्लिम फोरमका राष्ट्रिय अध्यक्ष नुरुल होदा। फोरम नेपालका प्रदेश सचिव सल्लाउद्दिन अहमद लगायतको उपस्थिति थियो ।यस अघि हरिवन नगरपालिकाले समेत मुख्यमन्त्री राउतलाई एक कार्यक्रमका बीच सम्मान गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times