वीरगंज, २६ असोज ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल पिछडा वर्ग (ओबिसी)को पर्सा जिल्ला अध्यक्षमा अकलेश साह चयन भएका छन । ओबिसिका केन्द्रिय महासचिव तेजप्रकास निसादको प्रमुख आतिथ्यमा आज बसेको बैठकले अकलेश साहको नेतृत्वमा २५ सदसीय समिती गठन गरेको हो । नव गठित समितीको उपाध्यक्षमा धर्मेन्द्र पटेल,संगिता यादव, सचिव नवल किसोर साह,सह सचिव निरज कुमार यादव ,कोषाध्यक्षमा राकेश कुमार साह ,प्रवक्तामा राकुमार साह, सदस्यहरुमा रोशन सर्राफ,रितेश पटेल, रामकुमार लगायत रहेका छन् ।यसैगरी बैठकले सल्लाहकारमा पुर्व अध्यक्ष गोपाल महतोलाई चयन गरेको छ । बैठकमा बिनय क्षेत्रि,कलिम अंसारी, राहुल साह,संदिप कुमार लगायतको उपस्थिती रहेको थियो । बैठकलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष अकलेश साहले चाडै नै जिल्ला भरी ओविसिको संगठन बिस्तार गर्ने जानकारी दिनुभयो । साथै प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा ओबिसीको बिमति रहेको भन्दै सच्चाउन आग्रह गर्नुभएको छ । अध्यक्ष साहले प्रहरी ऐनमा ओविसीलाई समावेश नगरेकोले सभामुख सरोज यादव र मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई ध्यानाकर्षण गराइएको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय