राम कुशवाहा
वीरगंज २० पुस ।
वीरगंजको पिप्रा स्थित किरण प्लाष्टिक उद्योगमा कार्यरत एक मजदुरको मिलको फित्तामा बेरिदा मृत्यु भएको छ । वीरगंज महानगरपालिका १४ पिपरामा रहेको उद्यागेमा काम गर्ने क्रममा मिलको फितामा बेरिदा वीरगंज २४ रामगढवाका २३ वर्षिय रम्भु पटेल गम्भिर घाइते भएका थिए । घाइते पटेललाई उपचारको लागी वीरगंज स्थित गण्डक हेल्थ केयर अस्पतालमा भर्ना गरिएको र उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यलय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्लले बताउनुभयो । मृतकको शव पोष्टमार्टमको लागी नारायण्ी उपक्षेत्रीय अस्पतामा राखिएको तथा घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिनुभयो । उद्योग का सञ्चालक रवीशंकर झाले प्लाष्टिकका भाडा निर्माण गर्ने क्रममा असावधानीको कारण अचानक मजदुर पटेल फितामा बेरिन पुगेको बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times