राम कुशवाहा
वीरगंज २१ माघ ।
वीरगंजको इनर्वाबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । वीरगंजको इनर्वाबाट प्रहरीले १० पोका चरेश सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले विरगंजबाट रक्सौलतर्फ जाँदै गरेको अबस्थामा भारत उत्तर प्रदेश प्रतापगढ गंगापुर कोहण्डल बस्ने २३ वर्षिय महमद मैनोदिन अंसारी र भारत पुर्वी चम्पारण जि.मोतिहारी रक्सौल वडा नं.१६ बस्ने २६ वर्षिइ खुर्सेद अंसारीको साथबाट सो परिमाणको लागुऔषध चरेश बरामद गरेको हो । यस्तै प्रहरीले लागु औषध सहित वीरगंजको शंकराचार्य गेटबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शकराचार्य गेटस्थित सडकमा चेकजाचको लागुऔषध सहित कञ्चनपुर भिमदत्त न.पा. वडा नं.९ बस्ने २५ वर्षिइ दिपेन्द्र पनेरुलाई लागु औषध सहित पक्राउ गरेको हो । उनको साथबाटे नाईट्राभेट ट्याब्लेट ९०० पिस बरामद गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । पक्राउ परेकाहरुमाथी लागुऔषध शिर्षकमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय