राम कुशवाहा
बीरगंज ९ फागुन ।
राष्ट्रपति बिद्या देबी भण्डारीले मुलुकमा आधा आकास ढाकेका महिलाहरुलाई सक्षम बनाउने र संबिधान प्रदत्त अधिकार प्राप्त गर्न सक्ने अवस्थामा पु¥याएपछि मात्रै समृद्ध नेपाल सुखी नेपालिको अभियान पुरा हुने बताउनुभएको छ । प्रदेश नम्बर–२ को सरकारद्वारा सन्चालित बेटी पढाउ, बेटी बचाउ अभियान अन्र्तगत आज बिरगंजबाट छोरी शिक्षा विमा मुद्धति बचत कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्ध समाज निर्माण गर्न महिलालाई उच्च स्थानमा पु¥याउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रदेश सरकारद्वारा शुरु गरिएको छोरी शिक्षा बिमा कार्यक्रमले छोरीको शिक्षा र स्वास्थ्यमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै अरु प्रदेशका लागि पनि यो कार्यक्रम अनुकरणिय तथा राष्ट्रिय कार्यक्रम समेत बन्न सक्ने कुरामा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले सामाजिक ब्याबहार, रितितिथिमा अँझै नेपालि समाजमा छोरा छोरी बिचको बिभेद देखिनु दुखद बिषय भएको बताउँदै छोरीलाई पढाउने खर्चलाई फजुल खर्च भएको सम्झिने सामाजिक ब्याबस्थाले हाम्रो समाजमा नराम्रो जडा गाढेको हुँदा यसलाई उखेलेर फाल्न छोरी बिमा कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिनुभयो । कार्यक्रममा प्रदेश न. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सामाजिक न्यायसहितको समतामुलक समाज निर्माणमा छोरी बिमा कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै यस कार्यक्रमले तराइमा ब्याप्त दाइजो तथा महिला हिंसाका घटना नियन्त्रण हुने बताउनुभयो । त्यसैगरी कार्यक्रममा प्रदेश न. २ का मुख्यमन्त्रि लालबाबु राउतले छोरीलाई पढाउनका लागि मात्र नभएर जागिरमा पनि समान हैसियतमा ल्याउन प्रदेश सरकारले ल्याउने कानुनमा ५० प्रतिशत आरक्षणको ब्यबस्था गर्न लागेको बताउनुभयो । उहाँले समाज रुपान्तरको प्रक्रियामा प्रदेश सरकार जुटिरहेको बताउँदै दलित शसक्तिकरण बिद्येयक तथा मुस्लिम समुदायको उत्थानको लागि मदर्सा शिक्षामा अंग्रेजि, बिज्ञान र नेपाली बिषय पढाउने तयारी भइरहेको बताउनुभयो । छोरी शिक्षा विमा मुद्धति बचत कार्यक्रमको शुभारम्भमा बीरगंज महानगरपालिकाको वडा न. १ देखि १६ सम्म माघ १ गत्तेदेखि जन्मिएका आइसा खातुन, सृजना महतो, आयुषि गुप्ता, सकिना खातुन, लगायत २४ जना नवजात शिशुको बिमा गरिएको रसिद राष्ट्रपति भण्डारी द्वारा बालिकाका अभिभावकलाई प्रदान गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छोरी २० बर्ष भएपछि बिमा बापतको १ लाख रुपैयाँ प्राप्त गर्न सकिने र रकम जम्मा गरिएको प्रभु बैंकको तर्फबाट समेत २५ हजार रुपैयाँ थप गरी १ लाख २५ हजार रुपैया प्राप्त हुने जानकारी दिनुभएको थियो । यो कार्यक्रम पहिलो चरणमा प्रदेश न. २ का ८ जिल्लाका १÷१ पालिकामा लागु गरिएको छ । सो अवसरमा २००९ सालमा त्रिजुद्ध माविबाट एसएलसी परिक्षा दिएर नेपालको एसएलसी बोर्ड फस्ट हुनुभएका बरिष्ठ उद्योगपति बाबुलाल चाचान, त्रिजुद्ध माविका जग्गा दाता परिवारका गोपाल खेतानलाई प्रदेश सरकारको तर्फबाट कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसैगरी प्रदेश सरकारले प्रदेशका ८ जिल्लामा एसएलसी परीक्षामा उत्कृष्ट स्थान ल्याउने २४ जना छात्राहरुलाई सम्मान सहित नगद पुरस्कार प्रदान गरेको थियो । प्रदेश न. २ का सामाजिक बिकास मन्त्रि नवलकिशोर रायको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद प्रदिप यादब, बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी लगायतका बक्ताहरुले शिक्षाको क्षेत्रमा प्रदेश न. २ को अवस्था अत्यन्तै दयनिय रहेको कुरामा जोड दिदै यो अभियानले तराई मधेशको शैक्षिक स्थितिलाई माथि उकास्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय