वीरगञ्ज, ४ चैत ।
होली पर्वको अवसरमा संघिय प्रेस फोरमले रेडियो वीरगंज परिसरमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ । प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले होली पर्व आपसी मित्रता र सदभावको पर्व भएको हुँदा यसलाई उल्लासमय रुपमा मनाउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रम प्रेस फोरमका सल्लाहकार ध्रुव साहले उपस्थित प्रहरी प्रशासनका प्रमुखहरु, जनप्रतिनिधि तथा संचारकर्मीहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, करिमा वेगम, जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ, बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, प्रहरी उपरिक्षक रेवति ढकाल, शसस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज साह, अनुसन्धान निर्देशक कुमार खडका, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, पर्सा जिल्ला स्थित प्रहरी प्रशासनका अधिकृतहरु लगायत पर्सेली सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण हेमन्त तामाङ्गले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय